स्पेनिस ला लिगा फुटबलमा शीर्ष स्थानमा रहेको बार्सिलोनाले सहज जित दर्ता गरेको छ ।
आज विहान सकिएको खेलमा बार्सिलोनाले सेभिल्लालाई ३-० गोल अन्तरले पराजित गरेको हो ।
जितसँगै बार्सिलोना २० खेलमा ५३ अंकसहित शीर्ष स्थनानमा रहँदा समान खेलबाट रियल मड्रिड ४५ अंकका साथ दोस्रो स्थानमा रहेको छ ।
बार्सिलोनासँग पराजित भएको सेभिल्ला भने १६ औं स्थानमा रहेको छ ।
बार्सिलोनलाई जिताउनका लागि जोडी अल्बा, गाभी र राफेनाले एक एक गोल गरेका थिए ।
घरेलु मैदान क्याम्प नाउमा पहिलो हाफ भने बार्सिलोना बराबरीमा रोकिएको थियो ।
५८ औं मिनेटमा जोडी अल्बाले गोल गर्दै बर्सिलोनालाई सुरुआती अग्रता दिलाएका थिए ।
७० औं मिनेटमा गाभीले अग्रता दोब्बर बनाएका थिए भने ७९ औं मिनेटमा राफिनाले गोल गरेपछि बार्सिलोनाले ३-० को सहज जित निकाल्न सफल भयो ।