बार्यन म्युनिख शीर्ष स्थानमा उक्लियाे

  • Image नेप्लेज
  • २३ माघ २०७९, सोमवार
  • 553 पटक हेरिएको
बार्यन म्युनिख शीर्ष स्थानमा उक्लियाे

जर्मन बुन्डेस लिगा फुटबलमा बार्यन म्युनिख शीर्ष स्थानमा उक्लिएको छ ।

गयराति भएको खेलमा उल्फबर्गलाई ४–२ गोल अन्तरले पराजित गर्दै तालिकाको शीर्ष स्थानमा उक्लिएको हो ।

बार्यन ४० अंकसहित शीर्ष स्थानमा रहँदा दोस्रो स्थानमा रहेको युनियन बर्लिनको ३९ अंक रहेकोछ ।

दुवै टिमले समान १९ खेल खेलेका छन् । पराजित भएको वुल्फसबर्ग भने २९ अंकका साथ सातौं स्थानमा रहेको छ।

गयराति बार्यन म्युनिखलाई जिताउनका लागि किंग्सले कोम्यानले २ गोल गर्दा थोमस मुलर र जमाल मुसेलाले एक एक गोल गरे ।

यस्तै जाकुब कमासिकी र माटिस स्भानबर्गले एक एक गोल फर्काए ।

नवौं मिनेटमा कोम्यानले गोल गर्दै बार्यनलाई अग्रता दिलाएका थिए ।

१४ औं मिनेटमा उनै कोम्यानले नै व्यक्तिगत र टिमका लागि दोस्रो गोल गरे ।

१९ औं मिनेटमा थोमस मुलरले गोल गर्दै सुरुमै बार्यनलाई फराकिलो जित तर्फ अग्रसर गराए ।

Image

पहिलो हाफको ४४ औं मिनेटमा उल्फवर्गका कमासिकीले १ गोल फर्काएपछि पहिलो हाफ ३–१ को अ अवस्थमा टुंगिएको थियो

। दोस्रो हफामा बार्यनले १ गोल थप्द १ गोल ब्यहोरेको थियो ।

७३ औं मिनेटमा मुसेलाले बार्यनका लागि चौथो गोल गरेका थिए ।

Image

८० औं मिनेटमा स्भानबर्गले उल्फसबर्गका लागि गोल फर्काएर अन्तर ४–२ मा झारे पनि हार टार्न पर्याप्त रहेन ।