अर्पणको घुँडाको शल्यक्रिया गर्नुपर्ने

  • Image नेप्लेज
  • ६ फाल्गुण २०७८, शुक्रवार
  • 1337 पटक हेरिएको
अर्पणको घुँडाको शल्यक्रिया गर्नुपर्ने

हाइलाइट्स

  • च्यासल युथ क्लवबाट खेलिरहेका अर्पणको मच्छिन्द्र क्लवविरुद्धको खेलमा घुँडामा चोट लागेको थियो । 

नेपालका लागि यू २३ टिमबाट खेलिसकेका गोलकिपर अर्पण कार्कीको घुँडाको शल्यक्रिया गर्नुपर्ने भएको छ ।

सहिद स्मारक ए डिभिजन लिगमा च्यासल युथ क्लवबाट खेलिरहेका अर्पणको मच्छिन्द्र क्लवविरुद्धको खेलमा घुँडामा चोट लागेको थियो । उनको एसीएल र एमसीएलमा समस्या देखिएको र त्यसकालागि शल्यक्रिया गर्नुपर्ने भएको हो । 

मच्छिन्द्रविरुद्ध १० औं चरणको खेलको सुरुवातमा नै उनको लिगामेन्टमा चोट लागेको थियो । सुरुवाती परिक्षणबाट उनको एसीएल र एमसीएलमा समस्या देखिएको थियो भने एमआरआई गर्दा चोट गम्भिर भएको र शल्यक्रिया गर्नुपर्ने सुझाव दिइएको छ । 

जसका लागि अर्पण एन्फासँग सहयोगको अपेक्षामा छन । साथै उनी अब करिव एक बर्ष मैदान बाहिर हुने भएका छन । यो सिजनको ए डिभिजन लिगका लागि च्यासलमा अनुबन्ध अर्पणले ११ खेलसम्म १९ गोल खाएका छन । 

रेलिगेसनको संघारमा रहेको च्यासलले कुल एक खेल जित्दा तीन बराबरी र सात हार ब्यहोरेको छ । उसले मात्र चार गोल गर्दा १९ गोल खाएको छ । अब अर्पणले बाँकी खेल खेल्न नसक्ने भएपछि च्यासललाई अर्को दबाब बढेको छ । 

सम्बन्धित खबर

Best Law firms in Kathmandu Nepal | Paragon Law Associates Civil and criminal litigation Labour and employment law Family Law Visa and Immigration Intellectual Property Law Foreign Investment