च्याम्पियन्स लिग फुटबलको प्रि-क्वाटरफाइनलको पहिलो लेगमा फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेइन (पिएसजी) ले स्पेनिस लिग लिडर रियल म्याड्रिडलाई १-० ले पराजित गर्दै सुरुवाती अग्रता हासिल गरेको छ। पिएसजीको घरेलु मैदानमा भएको खेलमा केलियन एम्बाप्पेले इन्जुरी समयको चौंथो मिनेटमा सुन्दर गोल गर्दै १३ पटक च्याम्पियन रियल विरुद्व पहिलो लेगमा अग्रता बनाउन सफल भयो।
नेमारको पुनरागमन भएको खेलमा पिएसजी सुरुवातबाटै रियलमाथि हावि भएको थियो। लामो समयको इन्जुरीपछि नेमार दोस्रो हाफमा मैदानमा फर्किएका थिए। त्यसअघि दोस्रो हाफको ६४ औ मिनेटमा एम्बाप्पेलाई लडाएपछि पाएको पेनल्टीलाई लियोनेल मेसीले गरेको प्रहार रियलका गोलरक्षक थिबाउट कोर्टोइसले सानदार बचाउ गरेका थिए।
खेलमा पिएसजीले रियललाई दबाब राख्दै आक्रमणको प्रयास गरेपनि गोलरक्षक थिबाउटले उत्कृष्ट बचाउ गरेका थिए। खेलको पहिलो हाफमा पनि रियल विरुद्व पिएसजीले केहि राम्रा अवसर बनाएको थियो। १७ औ मिनेटमानै एमब्बाप्पेले गरेको सानदार प्रहारलाई थिबाउटले उत्कृष्ट बचाउ गर्दै टीमको सुरुवाती संकट टारेका थिए। अब यि दुईबिचको दोस्रो लेग रियलको घरेलु मैदामा १० मार्चमा हुने छ।
जारी सिजन उत्कृष्ट फर्ममा रहेका २३ वर्षिय एम्बाप्पेले रियल विरुद्व पनि आफनो प्रभावसाली प्रदर्शन जारी राखे। उनलेक केहि दिन अघि पनि ९३ औ मिनेटमा रेनेस विरुद्व गोल गर्दै पिएसजीलाई विजयी बनाएका थिए। एम्बाप्पेले रियल विरुद्व जारी सिजनको २२ औं गोल गरे।
खेलमा पिएसजी ८ सर्ट टार्गेटमा प्रहार गर्दा रियलले भने एउटापनि सट टार्गेटमा प्रहार गर्न सकेन।