ओमान अझ बलियो टिम भएपनि राम्रो टक्कर दिने आत्मविश्वास बनेको छ-ज्ञानेन्द्र मल्ल

Kelmi

  • नेप्लेज
  • |
  • २०७८-०५-२९
  • |
  • 2858 पटक हेरिएको

हाइलाइट्स

  • खेलपछि अझै कमजोरी देखिएका ठाउँहरुमा सुधारेर आगामी खेलमा अझ राम्रो गर्ने बताए । 
  • उनले टिमको ब्याटिङ र बलिङको कम्बिनेसरमा केहि लुप होल रहेको र त्यसलाई मजबुत बनाउनुपर्ने उनले बताए । 

आइसीसी विश्वकप क्रिकेट लिग टु अन्तर्गत दोस्रो सिरिज खेलिरहेको नेपालले विजयी सुरुवात गरेको छ । अमेरीकालाई ५ विकेटले हराएको नेपाली टिमका कप्तान ज्ञानेन्द्र मल्लले अमेरिकाविरुद्धको जितले टिमको मनोबल उच्च बनाएको र अझैपनि टिममा केहि सुधार गर्ने ठाँउ रहेको बताए । 

यो खेलपछि अझै कमजोरी देखिएका ठाउँहरुमा सुधारेर आगामी खेलमा अझ राम्रो गर्ने बताए । उनले टिमको ब्याटिङ र बलिङको कम्बिनेसरमा केहि लुप होल रहेको र त्यसलाई मजबुत बनाउनुपर्ने उनले बताए । 

यसका साथै उनले ओमान टिम अझै बलियो रहेको र त्यो टिमविरुद्ध भोलीको पिचको कन्डिसन हेरेर टिम बनाउने बताए । उनले कुशल भुर्तेल र रोहित पौडेलको ब्याटिङको प्रशंसा गर्दै जुन किसिमको प्रदर्शन उनीहरुले गरेका छन, त्यसले राम्रो संकेत गरेको बताए ।

उनले आफ्नो विकेट जाँदा केहि निरास भएको र विकेट दिनुपर्ने अवस्थाको नभएको बताए । 

अब नेपालले ओमानसँग आज खेल्दैछ । लिग टु अन्तर्गत घरेलु मैदानमा ओमानसँग खेल्दा नेपाली टिमले दुबै खेल हारेको थियो । यसपटक पनि ओमानी टिम उसैको मैदानमा खेलिरहेको छ । त्यसको फाइदा ओमानी टिमलाई राम्रोसँग हुनेछ । 

यो खेल नेपाली समय अनुसार दिउसो सवा चार बजेबाट हुनेछ । हाल लिगको शिर्ष स्थानमा रहेको ओमान टिम आइसीसी टी २० विश्वकपको तयारीमा रहेको छ । पछिल्लो पटक सुविधाका हिसावले निकै बलियो बन्दै गएको ओमानी टिमले निरन्तर अभ्यास गरिरहेको छ । 

यसअघि यी दुई टिम कीर्तिपुर मैदानमा खेल्दा पहिलो खेलमा ओमानले नेपाललाई १८ रनले हराएको थियो भने दोस्रो खेलमा आठ विकेटको जित निकालेको थियो । 

लिग टु को दोस्रो सिरिजको पहिलो खेलमा अमेरिकालाई हराएको नेपाल ओमानविरुद्धको खेलमा टिममा एक दुई खेलाडी परिवर्तन गर्नसक्ने संभावना रहेको छ । 

कप्तान ज्ञानेन्द्रसँगकाे कुराकानी

भर्खरै

Advertisement

nepalipatro
Nepal Cricket Jersey