भलिबलको कर्भड निर्माणको फाइल मन्त्रालयमा थन्कियो, कबड्डीलाई पनि साेही स्थानमा जग्गा दिन परिषद्को अर्को पत्र!

Kelmi

  • नेप्लेज
  • |
  • २०७८-०२-०८
  • |
  • 468 पटक हेरिएको

मुक्तिबाबु रेग्मी । नेपालको राष्ट्रिय खेल भलिबल बनेको औपचारिक रुपमा चार बर्ष पुरा भएको छ । २०७४ साल जेठ आठ गतेका दिन तत्कालिन प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको पालामा भलिबललाई नेपालको राष्ट्रिय खेल बनाइएको थियो ।

भलिबललाई राष्ट्रिय खेल बनाइँदा जुन जोश र जाँगरका साथ योजनहरु बनेका थिए, त्यसका आधा पनि अहिलेसम्म पुरा भएका छैनन् ।

भलिबल संघले आफ्नो देशलाई राष्ट्रिय खेल बनाउँदा अब आफ्नो सुविधा सम्पन्न कर्भडहल बनाउने भन्ने योजना बनाएको थियो । त्यो, योजना अहिलेसम्म पुरा हुन सकेको छैन ।

संघले कर्भडहलका लागि विभिन्न स्थानमा जग्गा पनि हेरेको थियो । तर अन्तिममा बुढानिलकण्ठ स्कुलको प्राङ्गणमा कर्भडहल बनाउने र त्यो कर्भडहललाई सो स्कुलले पनि प्रयोग गर्न पाउने भन्ने भद्र सहमति भएको थियो ।

यसका लागि भलिबल संघले अध्यक्ष मनोरञ्जनरमण शर्माको संयोजकत्वमा समिति बनाएको थियो ।

उक्त समितिले कर्भडहलको निर्माणका लागि राष्ट्रिय खेलकुद परिषद्सँग समन्वय गरेर काम गर्ने भनिएको थियो । परिषद्ले भलिबल कर्भडहलको डीपीआरका लागि ५० लाख रुपैयाँ छुट्याएको सदस्य सचिव रमेश कुमार सिलवालले बताएका थिए ।

भलिबल संघले आफ्नो फाइल परिषद् हुँदै गत फागुनमा युवा तथा खेलकुद मन्त्रालयमा गएको थियो । तीन महिनादेखि त्यो फाइल अहिले पनि मन्त्रालयमा नै थन्किएको छ । जसका कारण परिषद्ले भलिबलको डीपीआरका लागि छुट्याएको रकम फ्रिज हुने अवस्थामा पुगेको छ ।

यतिमात्र होइन, जुन जग्गामा भलिबलको कर्भडहल बनाउने भनेर संघले प्रस्ताव गरेर फाइल अगाडि बढेको छ, त्यहि ठाँउमा कबड्डीको कर्भडहलका लागि जग्गा उपलब्ध गराउन भनेर परिषद्बाट नै पत्र गएको बुझिएको छ ।

बुढानिलकण्ठको गुठीको नाममा रहेको जग्गालाई उपलब्ध गराउनका लागि निकै लम्बा प्रक्रिया रहेको छ । गुठीको जग्गा लिनका लागि भूमिसुधारबाट मन्त्रालय हुँदै मन्त्रिपरिषद्बाट पनि अनुमोदन हुनुपर्छ ।

यता, संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले पनि त्यहाँको जग्गामा मठमन्दिर बनाउन खोजिरहेको र त्यसका लागि त्यहाँको जग्गा खालि गर्न खोजिरहेको बुझिएको छ ।

यस्तैमा यदि मन्त्री, सदस्य सचिव र गुठीका प्रतिनिधिबीच छलफल भएर निचोडमा निस्किएको खण्डमा त्यो जग्गा पाउने सजिलो प्रक्रिया हुनेछ ।

तर भलिबलको कर्भडहलको फाइल मन्त्रालयमा नै धुलोले भरिने बेला भइसक्दा कसैको ध्यान गएको छैन ।

अब अहिलेको राजनीति अवस्थाका कारण पनि भलिबलको कर्भडहलको प्रस्ताव त्यतिकै सेलाउने प्रबल संभावना रहेको छ ।

त्यसमा पनि यो असारसम्ममा डीपीएआरका लागि काम नभएको खण्डमा यो बर्ष छुट्याएको ५० लाख रुपैयाँ पनि फ्रिज हुने पक्का छ ।

नेपालको राष्ट्रिय खेल भलिबल भएपछि जुन अनुपातमा भलिबलमा लगानि र खेलाडीलाई सुविधा हुनुपर्ने हो त्यो भने अझै हुन सकेको छैन । यो बीचमा नेपाली पुरुष टिमले खाँसै केहि राम्रो नतिजा निकाल्न नसके पनि महिला टिमले भने बंगलादेशमा भएको एशियन सेन्ट्रल जोन महिला भलिबलको उपाधि जितेको थियो ।

यस्तै नेपालमा नै भएको दक्षिण एशियाली खेलकुद सागमा उपविजेता बनेको थियो । जुन सिमित स्रोत साधनका बीचपनि नेपाली महिला भलिबल टिमले पाएको ठूलो सफलता हो । नेपाली महिला भलिबल टिमको सफलतामा विर्सनै नहुने नाम हो प्रशिक्षक जगदीश भट्टको ।

राष्ट्रिय खेल भएको यो चार बर्षमा भबिलल संघले गर्ने नियमित कार्यक्रम जारी नै रहे । बीचमा संघले केहि राम्रा प्रायोजकलाई पनि भित्र्याएर बर्षको उत्कृष्ट खेलाडीलाई पुरस्कार दिनेखपनि प्रक्रिया शुरु गर्‍याे ।

पछिल्लो अवस्थामा नेपाल भलिबलको कार्यसमितिको कार्यकाल सकिएको छ । यस्तैमा नयाँ निर्वाचनको तयारीमा संघ लाग्दा कोभिडका कारण निषेधाज्ञाले गर्दा नयाँ निर्वाचन हुने या नहुने अझैं अन्योल नै छ ।

अब आउने भलिबल संघको नेतृत्वमा धेरैले इच्छा देखाए पनि राष्ट्रिय खेलको गरीमा बोकेको भलिबललाई माथि उठाउनका लागि र स्रोत साधन जुटाउने नेतृत्व आउँछ की आउँदैन त्यो अहिलेका यक्ष प्रश्न हो ।

भलिबल कभर्डहल बनाउन सहयोग गर्छु-सदस्यसचिव सिलवाल

भलिबललाई विकास गर्ने नेतृत्व आएको खण्डमा यो खेलले राम्रो फड्को लिने उतिकै संभावना छ । नेपालका सबै क्षेत्र र स्थानमा खेलिने भलिबलमा बर्षमा गन्तिमा मात्र दुई दर्जन भन्दा बढि प्रतियोगिता हुन्छन् ।

नेपालले खेल्ने एशियन महिला भलिबल गर्न चीनद्वारा अस्विकार, फिलिपिन्समा हुने

तर ती प्रतियोगितालाई ब्यवस्थित गरेर मापदण्डमा ल्याउनका लागि पनि संघ अहिलेसम्म चुकेको छ । आशा गरांै आगामी दिनमा त्यसको ब्यवस्थापनको काम हुनेछ ।

भलिबल संघले अन्तराष्ट्रिय स्तरकाे कभर्डहल बनाउने निर्णय

‘२ वर्ष भित्र भलिबलको सुविधा सम्पन्न कभर्डहल बन्छ’

भलिबलकाे सुविधासम्पन्न कभर्डहल बनाउन राताे किताबमा ५० लाख, बाँकी रकम सरकारसँग माग्ने

 

 

भर्खरै

Advertisement

Nepal Rastra Bank

Advertisement

nepalipatro
Nepal Cricket Jersey