भलिबलकाे सुविधासम्पन्न कभर्डहल बनाउन राताे किताबमा ५० लाख, बाँकी रकम सरकारसँग माग्ने

Kelmi

  • नेप्लेज
  • |
  • २०७७-०२-२७
  • |
  • 303 पटक हेरिएको

नेपालको राष्ट्रिय खेल भलिबलको बहुउद्धेश्यिय कर्भडहल निर्माणका लागि नेपाल सरकारले रातो कितावमा ५० लाख रुपैयाँ राखेको राष्ट्रिय खेलकुद परिषद्का सदस्यसचिव रमेश सिलवालले बताएका छन ।

आगामी आर्थिक बर्षको बजेट भाषणमा राष्ट्रिय खेल भलिबलको पूर्वाधार निर्माणका लागि मागेको बजेट नआएको भन्दै आपत्ती जनाइरहेका बेला रातो कितावमा ५० लाख रुपैयाँ राखिएको सदस्यसचिव सिलवालले बताए । युवा तथा खेलकुद मन्त्रालयले बजेट माग्दा सुरुमा भलिबललाई भनेर २५ करोड रुपैयाँ माग गरेको थियो । तर त्यसलाई झारेर सरकारले रातो कितावमा ५० लाख रुपैयाँ पारेको सिलवालले बताए ।

उनले भलिबलको पुर्वाधार निर्माणका लागि अब संघ र परिषद्ले मिलेर काम गर्नुपर्ने बताए । उनले सुरुवातमा ५० लाख भएपनि काम सुरु गर्न सकिने र त्यसपछि अरु रकम सरकारसँग आफुले माग्ने विश्वास दिलाए । उनले सागबाट बचेको एक अर्व रुपैयाँ सरकारको खातामा हालेको र काम गर्न सकेमा पुर्वाधार निर्माणका लागि अरु रकमपनि माग्न सकिने बताए । त्यसका लागि काम गरेर देखाउनुपर्ने बताए ।

उनले अब संघले उपयुक्त ठाँउ खोजेर कर्भडहल निर्माणका लागि अगाडी बढ्नुपर्ने बताए । यता संघले त्यसका लागि दुई ठाँउमा जग्गा हेरिरहेको जनाएको छ । त्यसमा ललितपुरको लुबु र काठमाडौंको बुढानिलकण्ड मध्ये एक ठाँउमा बनाउन सकिने बताए ।

नेपालको राष्ट्रिय खेल भएपछि आफ्नो कर्भडहल नभएको भन्दै संघका पदाधिकारीहरु पनि परिषद्लाई बनाउनका लागि आग्रह गरिरहेका थिए । अब यो पछिल्लो कार्यप्रगतिपछि उनीहरुले आफ्नो तर्फबाट काम गर्ने आशा गरिएको छ ।

भर्खरै

Advertisement

nepalipatro
Nepal Cricket Jersey