भलिबल संघले अन्तराष्ट्रिय स्तरकाे कभर्डहल बनाउने निर्णय

Kelmi

  • नेप्लेज
  • |
  • २०७७-१०-०५
  • |
  • 271 पटक हेरिएको

नेपालको राष्ट्रिय खेल भनिएपनि आफ्नो एउटा पनि पुर्वाधार नभएको नेपाल भलिबल संघले बल्ल आएर आफ्नै कर्भडहल बनाउने भनेर आधिकारीक निर्णय गरेको छ । राष्ट्रिय खेल घोषणा भएको बर्षोपछि लामो समयको दौडधुपपछि संघले बुढानिलकण्ठमा अन्तराष्ट्रिय स्तरको कर्भडहल निर्माण गर्ने उद्घोष गरेको हो ।

संघको कार्यसमितीको बैठकले बुढानिलकण्ठ स्कुलको हातामा अन्तरारिष्ट्रय राष्ट्रिय स्तरको कर्भडहल बनाउने निर्णय गरेको छ । सो कर्भडहलका लागि स्कुलसँग संघले जग्गा लिने प्रक्रिया सुरु गरेको छ ।

यसका लागि संघले अध्यक्ष मनोरञ्जनरमण शर्माको संयोजकत्वमा एउटा कमिटी पनि बनाएको छ । जसका यो कर्भडहल निर्माणका साथै डिपीएआर बनाउने काम गर्नेछ । यसका साथै संघले चाँडो डिपीआर सकेर जग्गा प्राप्त गरेर काम पनि सुरु गर्ने योजना बनाएको छ ।

कर्भडहलको बजेट कति भन्ने विषयमा अहिले नै एकिन भएको छैन । राखेपले भलिबलको अन्तराष्ट्रिय स्तरको इन्डोर कभर्ड हल निर्माणको लागि डिपीआर शिर्षका ५० लाख छुट्याएसँगै संघले डिपीआरको कार्य थालनी गर्ने भएको हो ।

पछिल्लो पटक राष्ट्रिय खेलकुद परिषद्लेपनि यदि संघले जग्गा खोजेको खण्डमा कर्भडहल निर्माणका लागि सहयोग गर्ने बताएको छ । यसका लागि यो आर्थिक बर्षमा पुर्वाधारका लागि भनेर केहि रकम पछि छुट्याएको छ ।

नेपाल देश भर नै खेलिने भलिबलको चर्चाका आधारमा पनि यसलाई सरकारले राष्ट्रिय खेल बनाएको छ । तर भलिबल संघको हालको कार्यसमितीको समय सकिसकेको छ, तर नयाँ निर्वाचन नहुँदासम्म यसैले काम गर्नेछ । तर अब नयाँ निर्वाचन भएर नयाँ कार्यसमिती आएमा कतै यो योजना विचमा नै तुहिने त होइन भन्ने पनि प्रश्नछ ।

भर्खरै

Advertisement

Nepal Rastra Bank

Advertisement

nepalipatro
Nepal Cricket Jersey