नेपालले खेल्ने एशियन महिला भलिबल गर्न चीनद्वारा अस्विकार, फिलिपिन्समा हुने

Kelmi

  • नेप्लेज
  • |
  • २०७८-०२-०२
  • |
  • 872 पटक हेरिएको

नेपाली महिला भलिबल टिमले पहिलो पटक सहभागिता जनाउन लागेको एसियन च्याम्पियनसिपको आयोजनाको जिम्मा फिलिपिन्सले लिएको छ ।

आगामी अगष्ट २९ देखि सेप्टेम्बर २१ सम्म हुने प्रतियोगिता यसअघि चीनमा हुने बताइएको थियो । तर चीनले अन्तिम समयमा प्रतियोगिता आयोजनाबाट हात झिकेपछि फिलिपिन्सले यो प्रतियोगिता आयोजना गर्ने भएको हो ।

नेपाली भलिबलको इतिहासमा नेपालले यो प्रतियोगितामा पहिलो पटक सहभागिता जनाउदैछ । जसका लागि नेपाली महिला टिमको तयारी भने अझै हुन सकेको छैन । यो प्रतियोगिता फिलिपिन्सले तेस्रो पटक गर्न लागेको हो । उसले यसअघि सन् १९९७ र २०१७ मा सफल रुपमा गरेको थियो ।

एशियन भलिबल महासंघले विज्ञेप्ती जारी गर्दै प्रतियोगिता चीनबाट फिलिपिन्समा सरेको जनाएको छ । तर सर्नुको कारणबारेमा भने केहि बताएको छैन ।

यता पुरुषतर्फको एसियन भलिबलको जिम्मा जापानलाई दिइएको छ । सागको उपविजेता तथा सेन्ट्रन जोनको विजेता महिला भलिबल टिमका लागि यो प्रतियोगिता ऐतिहासिक हुनेछ ।

भर्खरै

Advertisement

nepalipatro
Nepal Cricket Jersey