सिन्धुपाल्चोक जिल्ला लिग: न्यू सदाबाहारको पुनरागमन जितमा सरोजको दुई गोल

Kelmi

  • नेप्लेज
  • |
  • २०८१-०१-१४
  • |
  • 227 पटक हेरिएको

लामोसाँघु । सरोज पराजुलिको दुई गोलमा सिन्धुपाल्चोक जिल्ला लिग अन्तर्गत न्यू सदाबाहार युवा क्लबले विजयी शुरूआत गरेको छ।

लामोसाँघुस्थित वसन्तपुर खेलमा शुक्रबार भएको खेलमा सदाबाहारले सुनौलो बिहानी अभियानलाई २-१ गोल अन्तरले पराजित गरेको हो। 

समूह ‘डी’ मा रहेको सदाबाहारको जितमा सरोज पराजुलिले दुबै गोल गरे। यता सुनौलोका लागि ग्याल्बो लामाले गरेको पहिलो गोल सान्त्वना बन्यो। 

खेलको २२औँ मिनेटमा ग्याल्बोले गोल गर्दै सुनौलोका लागि शुरूआती अग्रता दिलाएका थिए। तर, खेलको ३४औँ मिनेटमा सदाबाहारको लागि सरोजले गोल गर्दै खेलमा १-१ बराबरी अबस्थामा ल्याए। ४३औँ मिनेटमा पुन सरोजले गोल गर्दै सदाबाहारलाई खेलमा २-१ को अग्रता दिलाइ, 

त्यसपछि दोस्रो हाफमा दुबै टोलीबाट थप गोल नहुँदा खेलमा साविकको विजेता सदाबाहारले जारी सिजनको लिगमा पहिलो जित हासिल गर्यो। 

जितसँगै समूह ‘डी’ मा न्यू सदाबाहार युवा क्लबले ३ अंक जोडेको छ। पराजित सुनौलो बिहानी अभियान भने अंक विहिन रहेको छ। 

यस्तै शुक्रबार नै समूह ‘ए’ मा साँगाचोक यूथ क्लबले न्यू जेनेरेसन क्लबको सामना गर्नेछ। यो खेल दिनको ठिक ३:३० बजे बसन्तपुर खेल मैदानमा हुनेछ। यसअघि पहिलो खेलमा चौतारा स्पोर्टिङ क्लबसँग पराजित साँगाचोक यूथ क्लबलाई अघिल्लो चरण प्रवेशको सम्भावना कायम राख्न यो खेल जित्नै पर्ने दबाब रहेको छ।

भर्खरै

Advertisement

Nepal Rastra Bank

Advertisement

nepalipatro
Nepal Cricket Jersey