टाेकियाे ओलम्पिक रद्द हुनुपर्ने भन्दै हस्ताक्षर गर्नेकाे संख्या ३ लाख ५० हजार नाघ्याे

  • Image नेप्लेज
  • ३१ वैशाख २०७८, शुक्रवार
  • 563 पटक हेरिएको
टाेकियाे ओलम्पिक रद्द हुनुपर्ने भन्दै हस्ताक्षर गर्नेकाे संख्या ३ लाख ५० हजार नाघ्याे

कोरोना भाइरसको प्रभाव कायमै रहँदा जापान सरकारले आपतकालिनको समय लम्ब्याउने संभावना रहेका बेला टोकियो ओलम्पिक आउन १० साताको समय मात्र बाँकी रहेको छ । तर यता टोकियो ओलम्पिक रद्द हुनुपर्छ भनेर हस्ताक्षर गर्नेको संख्या तीन लाख ५० हजार पुगेको छ ।

कोभिडका विचमा प्रतियोगिता गर्नु हुन्न भन्दै जापानमा अहिले अनलाईनबाट हस्ताक्षरको अभियान सुरु भएको छ । जसमा तीन लाख ५० हजार भन्दा बढिले हस्ताक्षर गरेका हुन ।

अझैपनि टोकियो लगायतका केहि सहरमा आपतकालिन घोषणा गरिएको छ । जुन मे को अन्तिमसम्ममा जाने भएको छ ।

यस्तै टोकियोका पूर्व दावेदार केन्जी सुनोमियाले जापान सरकारले जनताको ज्यान लिनका लागि टोकियो ओलम्पिक गर्न लागेको आरोप लगाएको छ । यस्तैमा विहिबार मात्र डाक्टरको युनियनले ओलम्पिक सुरक्षित रुपमा गर्नका लागि कठिन हुने भन्दै चेतावनी दिएका छन ।

तर आइओसी र आयोजकले भने कुनैपनि हालतमा टोकियो ओलम्पिक नरोकिने बताएका छन ।