सन्दीप लामिछाने केन्द्रीय सम्झौतामा समावेश

Kelmi

  • नेप्लेज
  • |
  • २०८१-०३-२१
  • |
  • 3726 पटक हेरिएको

नेपाल क्रिकेट टिमका सदस्य सन्दीप लामिछानेलाई केन्द्रीय सम्झौतामा (सेन्ट्रल कज्ट्रयाक्टमा) समावेश गरिएको छ ।

नेपाल क्रिकेट संंघ क्यानको विहिवार राति सम्पन्न केन्द्रीय कार्य समितिको बैठकले सन्दीपलाई ए क्याटेगोरिमा समावेश गर्ने निर्णय गरेक‍ो हो ।

यसअघिको वर्गीकरणका बेला सन्दीप निलम्बनमा थिए ।

अलराउन्डर आदिलमाथिको निलम्बन फुकुवा हुने

अदालतबाट सफाई पाएपछि उनलाई क्यानले निलम्बन फुकुवा गरेको थियोे । ए क्याटेगोरिको खेलाडीले मासिक १ लाख पारिश्रमिक पाउँछन् ।

यो क्याटेगोरिमा कप्तान रोहित पौडेल, कुशल भुर्तेल, आशिफ शेख, सोमपाल कामी र दीपेन्द्र सिंह ऐरी पहिला नै समावेश थिए ।

बैठकले क्यानको प्रवक्तामा राखेपको कोटामा सदस्य भएका छुम्बी लामालाई मनोनीत गरेको छ ।

छुम्बी लामा क्यानको प्रवक्तामा मनोनित

क्यानका उपाध्यक्षसहित चार जनालाई स्पष्टिकरण 

भर्खरै

Advertisement

Dish_Home

Advertisement

nepalipatro
Nepal Cricket Jersey