युरोकप : स्पेन र जर्मनी भिड्दै

Kelmi

  • नेप्लेज
  • |
  • २०८१-०३-२१
  • |
  • 578 पटक हेरिएको

काठमाडौं । युरोकप २०२४ मा आजदेखि क्वाटरफाइनल चरणका खेलहरु हुँदैछन्। 

क्वाटरफाइनलको पहिलो खेलमा स्पेन र जर्मनीबीच प्रतिस्पर्धा हुँदैछ। यो खेल नेपाली समय अनुसार राति ९ः४५ बजेदेखि शुरु हुँदै छ।

स्पेनले अन्तिममा जर्जियालाई ४–१ गोल अन्तरले पराजित गरेको हो भने जर्मनीले डेनमार्कलाई २–० ले पराजित गर्दै क्वाटरफाइनमा पुगेको हो।

युरोकपका दाबेदार मानिएका स्पेन र जर्मनीको यो भिडन्त निकै रोचक हुने देखिएको छ। स्पेन र जर्मनीबीच अहिलेसम्म २६ खेल भएका छन्। जसमा जर्मनीले ९ खेल जितेको छ भने स्पेनले ८ खेल जितेको छ। त्यस्तै ९ खेल बराबरीमा सकिएका छन्।

भर्खरै

Advertisement

Dish_Home

Advertisement

nepalipatro
Nepal Cricket Jersey