अर्जेन्टिना कोपाको सेमिफाइनलमा

Kelmi

  • नेप्लेज
  • |
  • २०८१-०३-२१
  • |
  • 1440 पटक हेरिएको

काठमडौं । इक्वेडरलाई पेनाल्टीमा पराजित गर्दै अर्जेन्टिना कोपाको सेमिफाइनलमा प्रवेश गरेको छ।

एनआरजी स्टेडियममा शुक्रबार बिहान सम्पन्न खेलमा अर्जेन्टिनाले इक्वेडरलाई पेनाल्टी सुटआउटमा ४-२ गोलअन्तरले पराजित गरेको हो।

निर्धारित ९० मिनेटको खेल १-१ गोलको बराबरीमा सकिएपछि सेमिफाइनलमा पुग्ने टोलीको छिनोफानो पेनाल्टी सुटआउटबाट गरिएको थियो। जसमा अर्जेन्टिनाले बाजी मार्यो।

अर्जेन्टिनाको लागि जुलियन अल्भारेज, एलेक्सिस म्याक एलिस्टर, गोन्जालो मोन्टिएल र निकोलस ओटामेन्डीले पेनाल्टी सुटआउटमा गोल गरे।कप्तान लियोनल मेस्सीको प्रहार भने बारमा लागेर बाहिरिएको थियो।

इक्वेडरका जोन येबोह र जोर्डी काइसिडोले मात्रै पेनाल्टी सुटआउटमा गोल गर्न सके। एन्जल मेना र एलन मिन्डाको प्रहार इमिलियानो मार्टिनेजले रोके।

त्यसअघि खेलको ३५औं मिनेटमै लिसान्ड्रो मार्टिनेजले गोल गर्दै अर्जेन्टिनालाई सुरुआती अग्रता दिलाएका थिए। उनले एलेक्सिस म्याक एलिस्टरको पासमा गोल गरे। ६२औं मिनेटमा इक्वेडरले खेललाई बराबरीमा ल्याउने मौका पाएको थियो। तर, इनर भ्यालेन्सियाले पेनाल्टीमा गोल गर्न सकेनन्।

तर, दोस्रो हाफको इन्ज्युरी समयको पहिलो मिनेटमा जोन येबोहको पासमा केभिन रोड्रिग्जले गोल गर्दै खेल १-१ को बराबरीमा पुर्‍याएका थिए। 

भर्खरै

Advertisement

Dish_Home

Advertisement

nepalipatro
Nepal Cricket Jersey