मिलन, पूर्ण, धन र चन्द्र सेमिफाइनलमा

Kelmi

  • नेप्लेज
  • |
  • २०८१-०३-१९
  • |
  • 850 पटक हेरिएको

एपीएफका मिलन राई, कोशी प्रदेशका पूर्ण राई, नेपाल प्रहरीका धनबहादुर तामाङ र बागमती प्रदेश चन्द्र सुनुवार १६ औं राष्ट्रिय उसु प्रतियोगिताको ४८ केजीमा बुधबार सेमिफाइनलमा प्रवेश गरेका छन्।

नेपाल उसु महासंघको आयोजनामा त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कभर्डहलमा भइरहेको प्रतियोगिताको पुरुष ५२ केजीमा कोशीका जनम तामाङ, बागमतीका निरज लामा, नेपाल आर्मीका जनक धामी र एपीएफका अशोक खालिङले सेमिफाइनलमा स्थान सुरक्षित गरे।

प्रतियोगिताको राखेपका सदस्य–सचिव टंकलाल घिसिङले एक कार्यक्रमबीच उद्घाटन गरे। सो अवसरमा चीनिया दूतावास, भिषा शाखाका निर्देशक छिन वन, चीनिया दूतावास, वैदेशिक शाखाका निर्देशक वाङ तोङ, राखेपका सदस्य एवं नेपाल उसु महासंघका अध्यक्ष जनक बर्तौलालगायतको उपस्थिति रहेको थियो। तीनदिने प्रतियोगितामा ५ प्रदेश र ३ विभागीय गरी ८ टोलीका १ सय खेलाडीको सहभागिता रहेको आयोजक महासंघका सचिव नवीन बस्नेतले जनाएका छन्।

भर्खरै

Advertisement

Brand Logic

Advertisement

nepalipatro

Bike price in Nepal

Price of Electric car in Nepal

Best Electric car in Nnepal