इन्टर मियामी विजयी
![](https://neplays.com/img/posts/Inter Miami CF-2024.jpg)
-
नेप्लेज
- |
- २०८१-०३-२०
- |
- 462 पटक हेरिएको
काठमाडौँ । अमेरिकन मेजर लिग सकर अन्तर्गत चार्लोटविरुद्ध इन्टर मियामीले विजयी हासिल गरेको छ।
विहिबार बिहान सम्पन्न खेलमा इन्टर मियामीले चार्लोटलाई २-१ गोल अन्तरले पराजित गरेको हो।
मियामीको जितमा रोबेर्ट टेलर र बेन्जामिन क्रेमासचीले एक एक गोल गरे। त्यस्तै चार्लोटका लागि पाट्रीक आग्येमांगले एक गोल गरेको गोल सान्त्वना बन्यो।
जितसँगै इन्टर मियामीले मेजर लिग सकरको इस्टर्न कन्फेरेन्समा २२ खेलमा ४७ अंक भएको छ र शीर्ष स्थानमा रहेको छ। त्यस्तै चार्लेटको भने २२ खेलमा ३२ अंक रहेको छ र लिगमा छैठौं स्थानमा छ।
यस खेलमा चार्लोटका पाट्रीकले ९० मिनेटपछिको इन्जुरी समयमा रातो कार्ड पाएका थिए।
मुख्य खेलाडी लियोनेल मेस्सी र लुइस स्वरेज कोपा अमेरिका खेल्न टिम बाहिर रहेका बेला इन्टर मियामीले लगातार जित हासिल गरिरहेको छ।