नेपाल क्रिकेट संघ क्यानको बैठक आज बस्दै (सम्भावित एजेन्डासहित)

Kelmi

  • नेप्लेज
  • |
  • २०८१-०३-२०
  • |
  • 2901 पटक हेरिएको

काठमाडौं । नेपाली क्रिकेटको सर्वोच्च संस्था नेपाल क्रिकेट संघ क्यानको केन्द्रीय कार्यसमितिको बैठक आज बस्दै छ । आज विहान ११ बजे काठमाडौंको एक होटेलमा बस्ने गरी बैठक आह्वान गरिएको हो ।

वैठकमा एक दर्जन बढी एजेन्डाहरु तय गरिएका छन् । नेपाली क्रिकेट टिमले वेस्टइन्डिज र अमेरिकामा आयोजना भएको आइसीसी टी २० विश्वकप खेलेको समिक्षा, उक्त विश्वकपको तयारी खर्च अनुमोदन गर्ने एजेन्डा तय गरिएको छ । यसैगरी सन्दीप लामिछानको भिसा समस्याको एजेन्डा पनि तय गरिएको बताइएको छ ।

सन्दीपले अमेरिकाको भिसा पाएका थिएनन् । दुई पटक अन्तर्वार्ता दिँदा पनि भिसा अस्वीकृत भएको थियो । यसैगरी पहिलो संस्करण आयोजना गरेर निकै विवादित बनेको नेपाल प्रिमियर लिग एनपीएलको दोस्रो संस्करण आयोजनाका बारेमा पनि आजको बैठकमा छलफल हुने बुझिएको छ ।

टियु मैदानमा रहेको जिम हल विस्तार र पीचको माटो भण्डारण क्षेत्रको विषयमा पनि छलफलका  एजेन्डा तय गरिएको छ । यसैगरी मूलपानी मैदानको क्युरेटिङ कन्सलटेन्ट नियुक्ति सम्बन्धमा पनि छलफल हुने छ भने राष्ट्रिय छनोट समितिको सुविधाका विषयमा पनि छलफलको एजेन्डामा तय गरिएको छ । महिलाको टी २० एसियाकपको सहभागिताका साथै कर्मचारीहरुको प्रशासनिक नियमावली पनि पारित गर्ने एजेन्डामा समावेश गरिएको छ । आजको बैठकले क्यानको प्रवक्ता पनि मनोनयन गर्न सक्ने बुझिएको छ ।

भर्खरै

Advertisement

Dish_Home

Advertisement

nepalipatro
Nepal Cricket Jersey