टेनिसको ओलम्पिक सोलिडारिटी कोर्ष सम्पन्न

Kelmi

  • नेप्लेज
  • |
  • २०८१-०३-१९
  • |
  • 534 पटक हेरिएको

नेपाल टेनिस संघको आयोजनामा आईटीएफ÷ओलम्पिक सोलिडारिटी कोचिङ विगिनर्स इन्टरमिडियट (सीबीआई) कोर्ष बुधबार सम्पन्न भएको छ।

अन्तर्राष्ट्रिय ओलम्पिक कमिटी र नेपाल ओलम्पिक कमिटीको सहयोगमा भएको कोर्षमा २१ पुरुष २ महिला गरी २३ जनाको सहभागिता रहेको टेनिस संघअन्तर्गत कोचेज एडुकेसन डिपार्टमेन्टका निर्देशक समेत रहेका टेनिस संघका सदस्य जयजीव हाडाले जनाएका छन्।

आईटीएफअन्तर्गत साउथ, इस्ट र साउथ इस्टका डेभलोप्मेन्ट अफिसर जोनाथन स्तब्स तथा आईटीएफ ट्युटरद्वय जरिना माइ अरेभालो र मार्टिन सेटियवनले सहभागीलाई प्रशिक्षण दिएका थिए। उनीहरुलाई राष्ट्रिय ट्युटर शरद् लामा, राजकुमार लामा र सूर्यभूषण वज्राचार्यले सहयोग गरेका थिए।

नेपाल ओलम्पिक कमिटीका उपाध्यक्ष एवं कार्यकारी निर्देशक चतुरानन्द राज वैद्य, टेनिस संघकी अध्यक्ष ज्योति राणा, मार्टिनलगायतले एक कार्यक्रमबीच सहभागीलाई प्रमाण पत्र प्रदान गरे। सोही अवसरमा जितेन्द्र परियार र राजकुमार लामालाई कोचिङ एडभान्स प्लेयर कोर्षमा उत्तीर्ण भएको प्रमाण पत्र प्रदान गरिएको थियो।

भर्खरै

Advertisement

Dish_Home

Advertisement

nepalipatro
Nepal Cricket Jersey