विश्वकप विजेता भारतीय टोली स्वदेश फिर्ता 

Kelmi

  • नेप्लेज
  • |
  • २०८१-०३-२०
  • |
  • 537 पटक हेरिएको

काठमाडौं । टी–२० विश्वकप २०२४ को उपाधि जितेको भारतीय टोली स्वदेश फिर्ता भएको छ । बार्बाडोसमा फाइनलमा दक्षिण अफ्रिकालाई पराजित गर्दै उपाधि जितेको भारतीय टोली त्यहाँ आएको आँधीका कारण निर्धारित समय भन्दा ढिला गरी भारत आइपुगेको हो ।

विश्वकप विजेता भारतीय टोलीलाई भारत ल्याउनका लागि  बीसीसीआईले चार्टर्ड विमानको व्यवस्था गरेको थियो ।  भारतीय टोलीका खेलाडीहरु स्वदेश फर्किए पछि उनीहरुको विमानस्थलमै समर्थकहरुले भव्य स्वागत गरेका छन् ।

भारतीय टिम विशेष उडान बिहान पौने ७ बजे दिल्ली एयरपोर्टमा अवतरण भएको थियो । खेलाडीलाई स्वागत गर्नका लागि समर्थकहरु भने विहान ३ बजेदेखि नै लाइनमा बसेका थिए ।

कप्तान रोहित शर्माले एयरपोर्टमा नै समर्थकहरुलाई टी–२० विश्वकपको ट्रफी देखाएका थिए । भारतीय टिम अहिले होटेलमा पुगेको छ । आजै विहान ११ बजेपछि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले विश्वकप विजेता खेलाडीहरुलाई भेट्ने कार्यक्रम रहेको छ भने खेलाडीहरु भिक्ट्री परेडमा पनि सहभागी हुने छन् । उक्त परेडका लागि खेलाडीहरु मुम्बईको वान्खडे स्टेडियम पुग्ने छन् । 

Image

भर्खरै

Advertisement

Dish_Home

Advertisement

nepalipatro
Nepal Cricket Jersey