मेस्सीसहित चार विश्वकप विजेता खेलाडी टिम बाहिर

Kelmi

  • नेप्लेज
  • |
  • २०८१-०३-१९
  • |
  • 1397 पटक हेरिएको

काठमाडौं । अर्जेन्टिनाका कप्तान लियाेनल मेस्सीहित चार विश्वकप विजेता खेलाडीले यसै महिनाको अन्त्यबाट सुरु हुने पेरिस ओलम्पिक नखेल्ने भएका छन्।

प्रशिक्षक जेभियर मास्चेरानोले मंगलबार घोषणा गरेको टोलीमा जुलियन अल्भारेज र निकोलस ओटामेन्डीसहित चार विश्वकप विजेता खेलाडीलाई बाहिर राखेका हुन्।

यस वर्ष चोटसँग जुधिरहेका ३७ वर्षीय मेस्सीले सन् २०२१ मा जितेको महादेशीय उपाधि रक्षा गर्ने लक्ष्यका साथ कोपा अमेरिका खेलिरहेका छन्। यो जितले अर्जेन्टिनाका लागि सन् २०२२ मा विश्वकपको उपाधि उचाल्ने अवसर प्रदान गरेको थियो।

मेस्सीले सन् २००८ मा बेइजिङमा भएको ओलम्पिकमा स्वर्ण पदक जितेका थिए। ओलम्पिक पुरुष फुटबल प्रतियोगिता २३ वर्षमुनिका टोलीका लागि हो, तर प्रत्येक टोलीमा तीन जना पाको उमेरका खेलाडी राख्न पाइने छ।

सन् २००४ र २००८ मा खेलाडीका रुपमा ओलम्पिकमा स्वर्ण पदक जितेका मास्चेरानोले कोपा अमेरिका सकिएपछि गोलकिपर गेरोनिमो रुली, ओटामेन्डी र अल्भारेजलाई टोलीमा समावेश गर्नेछन्।

अर्जेन्टिनाले जुलाई २४ मा मोरक्कोसँग ओलम्पिक फुटबल प्रतियोगिताको पहिलो खेल खेल्नुअघि फ्रान्समा दुई मैत्रीपूर्ण खेल खेल्नेछ। समूह ुबीु मा अर्जेन्टिना र मोरक्कोसँगै इराक र युक्रेन छन्।

भर्खरै

Advertisement

Dish_Home

Advertisement

nepalipatro
Nepal Cricket Jersey