श्रेष्ठ यू-२० टिमको मुख्य प्रशिक्षक

Kelmi

  • नेप्लेज
  • |
  • २०८१-०३-१९
  • |
  • 459 पटक हेरिएको

काठमाडौं । यू–२० पुरुष टोलीको मुख्य प्रशिक्षकमा उर्जन श्रेष्ठ नियुक्त भएका छन्। 

सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा एन्फाका महासचिव किरण राईलेश्रेष्ठलाई नियुक्ति पत्र हस्तान्तरण गरेका हुन् ।

राईले सहायक प्रशिक्षक र गोलकिपिङ प्रशिक्षकमा नियुक्त भएका शशिन्द्र धिमाल र राजु सिंहलाई पनि पत्र हस्तान्तरण गरेका छन् ।

कोचिङ टोलीले आगामी अगस्ट १६ देखि २८ सम्म काठमाडौंमा आयोजना हुने साफ यू–२० च्याम्पियनसिपका लागि राष्ट्रिय टोलीको तयारी गरिरहेको छ ।

सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा अहिले प्रतियोगिताका लागि खेलाडी छनोट भइरहेको छ। केन्द्रीय छनोटमा करिब ४ सय खेलाडी सहभागी भएको छन्।

भर्खरै

Advertisement

Dish_Home

Advertisement

nepalipatro
Nepal Cricket Jersey