फोर नेसन्सका लागि नेपाली टिमको घोषणा

Kelmi

  • नेप्लेज
  • |
  • २०८१-०३-१२
  • |
  • 494 पटक हेरिएको

काठमाडौं। अर्को महिना लेबनानमा हुने फोर नेसन्स कप फुटबल प्रतियोगिताका लागि अन्तिम २२ सदस्यीय टोलीको घोषणा गरिएको छ।

नेपाली राष्ट्रिय महिला फुटबल टोलीका मुख्य प्रशिक्षक राजेन्द्र तामाङले बुधबार टोलीको घोषणा गरेका हुन्।

आयोजक लेबनान फुटबल संघले मंगलबार सार्वजनिक गरेको तालिका अनुसार नेपालले पहिलो प्रतिद्वन्दी जोर्डन पाएको छ। यी दुई टोलीबीचको खेल त्रिपोली अन्तर्राष्ट्रिय फुटबल मैदानमा असार २६ गते हुनेछ।

नेपाल र जोर्डन दोस्रोपटक भिड्न लागेका हुन्। गत फागुनमा सम्पन्न वाफ महिला च्याम्पियनसिपको फाइनलमा जोर्डनले नेपाललाई पेनाल्टी सुटआउटमा ५-३ गोलअन्तरले पराजित गरेको थियो। त्यसअघि दुबै टोलीले २-२ गोलको बराबरी खेलेका थिए। यो खेल नेपालका लागि बदला लिने अवसर हुनेछ।

नेपालले दोस्रो खेल बंगलादेशसँग असार २९ गते खेल्ने छ। सुरुका दुई खेल नेपाली समयअनुसार दिउँसो १:४५ बजे हुने छ। यस्तै, समूह चरणको अन्तिम खेल साउन १ गते घरेलु टोली लेबनानसँग खेल्नेछ। यो खेल साँझ ७:४५ बजे सुरु हुनेछ।

नेपाली टोली:

गोलकिपरः अन्जिला तुम्बापो सुब्बा, अञ्जना राना मगर, उषा नाथ

डिफेन्डरः अमृता जैशी, गीता राणा, हिरा कुमारी भुजेल, विमला विक, निशा ठोकर, पूजा राना, समीक्षा घिमिरे

मिडफिल्डरः रेणुका नगरकोटी, सरु लिम्बु, अनिता बस्नेत, सविता राना मगर, दीपा शाही, अनिता केसी, प्रीति राई, अमिषा कार्की, विमला चौधरी

फरवार्ड: सावित्रा भण्डारी, रेखा पौडेल, रश्मीकुमारी घिसिङ

भर्खरै

Advertisement

Dish_Home

Advertisement

nepalipatro
Nepal Cricket Jersey