कोलम्बिया कोपाको क्वाटरफाइनलमा

Kelmi

  • एजेन्सी
  • |
  • २०८१-०३-१५
  • |
  • 471 पटक हेरिएको

कोपा अमेरिका फुटबलमा कोलम्बिया क्वाटरफाइनलमा प्रवेश गरेको छ । शनिबार विहान सकिएको खेलमा कोलम्बियाले कोस्टारिकालाई ३–० गोल अन्तरले पराजित गर्दै एक खेल अगावै अन्तिम ८ मा स्थान बनाएको हो ।

समूह डीमा कोलम्बिया ६ अंकका साथ शीर्ष स्थानमा रहेको छ । कोस्टारिकाको पहिलो हार हो । यसअघिको खेलमा कोस्टारिका ब्राजिलसँग बराबरीमा रोकिएको थियो ।

एरिजोनामा भएको खेलमा कोलम्बियाले ३१ औं मिनेटमा अग्रता लिएको थियो । कोस्टारिकाका गोलकिपर पेट्रिक सेक्वेराले कोलम्बियाका जोन कोर्डोबालाई फल गरेपछि पेनाल्टी दिइएको थियो । उक्त पेनाल्टीलाई लुइस डियाजले गोल गर्दै कोलम्बियालाई अग्रता दिलाए ।  ५९ औं मिनेटमा जोन एरियासले दिएको पासमा डेविसन सान्चेजले हेडर गोल गर्दै अग्रता दोब्बर बनाए ।

६२ औं मिनेटमा जेम्स रोड्रिगेजले दिएको थ्रो बलमा जोन कोर्डोबाले राइटफुटेड सट प्रहार गर्दै  गोलमा परिणत गरेका थिए । ३–० को सहज अवस्थालाई अन्तिमसम्म कायम राख्दै कोलम्बियाले महत्वपूर्ण ३ अंक लिन सफल भयो । सोही जितसँगै कोलम्बिया एक खेल अगावै कोपाको क्वाटरफाइनलमा प्रवेश गरेको हो ।

यही समूहमा रहेका पाराग्वे र ब्राजिलबीच आजै प्रतिस्पर्धा हुँदै छ । क्वाटरफाइनल पुग्नका लागि दुवै टिमलाई जित्नै पर्ने बाध्यता रहेको छ । 

समूह चरणको अन्तिम खेलमा जुलाई ३ तारिखमा ब्राजिल र कोलम्बिया तथा कोस्टारिका र पाराग्वे आमने सामने हुने छन् । 

भर्खरै

Advertisement

Dish_Home

Advertisement

nepalipatro
Nepal Cricket Jersey