सुर्खेतले जित्यो मुख्यमन्त्री कप टी ट्वान्टीको उपाधि

Kelmi

  • नेप्लेज
  • |
  • २०८१-०३-१४
  • |
  • 538 पटक हेरिएको

घरेलु टोली सुर्खेतले वीरेन्द्रनगरमा सम्पन्न मुख्यमन्त्री कप टी-ट्वान्टी क्रिकेटको उपाधि  जितेको छ। कालुङचोक क्रिकेट मैदानमा आज भएको फाइनलमा रुकुमपश्चिमलाई १५ रनले हराउँदै सुर्खेतले उपाधि जितेको हो ।

१३२ रनको लक्ष्य पाएको रुकुम पश्चिमले निर्धारित २० ओभरमा ११६ रन मात्र बनाउन सक्यो। पहिला ब्याटिङ गरेको सुर्खेतले २० ओभरमा ८ विकेट गुमाएर १३१ रन बनाएको हो । घरेलु टोलीकालागि कप्तान विपिन रावलले ४८ रनको योगदान दिए ।

प्रतियोगिताको उपाधिसँगै सुर्खेतले १ लाख १ हजार नगद प्राप्त गरेको छ भने उप विजेता रुकुम पश्चिमले ५१ हजार पाएको छ।

कर्णाली प्रदेश खेलकुद विकास परिषद्को सहयोगमा कर्णाली प्रादेशिक क्रिकेट सङ्घले आयोजना गरेको प्रतियोगितामा प्रदेशका ७ वटा जिल्लाले भाग लिएका थिए।

भर्खरै

Advertisement

Dish_Home

Advertisement

nepalipatro
Nepal Cricket Jersey