भ्याली पब्लिक र एन्जल्स हार्टलाई उपाधि

Kelmi

  • नेप्लेज
  • |
  • २०८१-०३-०९
  • |
  • 317 पटक हेरिएको

भ्याली पब्लिक ‘ए’ र आयोजक एन्जल्स हार्टले सातौं एन्जल्स हार्ट कप अन्तरविद्यालय बास्केटबल प्रतियोगिताको उपाधि आइतबार जितेका छन्। भ्याली पब्लिक ‘ए’ सिनियर गल्र्स तथा एन्जल्स हार्ट जुनियर ब्वाइजमा पहिलो भएका हुन्।

मनमैजुस्थित आयोजक एन्जल्स हार्टको कोर्टमा भएको सिनियर गल्र्स फाइनलमा भ्याली पब्लिक ‘ए’ आफ्नै ‘बी’ टिमलाई २८–२० ले पराजित ग¥यो। विजेताकी लोरिशा गौचनले ९ अंक जोडिन्। ग्रिनल्यान्ड तेश्रो भयो।

जुनियर ब्वाइजको प्रतिस्पर्धात्मक फाइनलमा एन्जल्स हार्टले किङडम हिमालयलाई ३७–३१ ले हरायो। निर्धारित समयको खेल ३१–३१ को बराबरीमा सकिएको थियो। एन्जल्स हार्टका रुपेश पौडेलले १५ स्कोर गरे। ग्रिनफिल्ड तेश्रो बन्यो।

जुनियर ब्वाइजमा एन्जल्स हार्टका रुपेश पौडेल तथा सिनियर गल्र्समा भ्याली पब्लिक ‘ए’ की अनिता गुरुङ ‘मोस्ट भेलुएबल प्लेयर’ घोषित भए। जुनियर ब्वाइजमा एन्जल्स हार्टका अदित पुन तथा सिनियर गल्र्समा भ्याली पब्लिक ‘ए’ की लोरिशा गौचन उत्कृष्ट ‘थ्री प्वाइन्टर’ चुनिए। जुनियर ब्वाइजमा किङडमका जिग्मे लामा तथा सिनियर गल्र्समा भ्याली पब्लिक ‘ए’ की दृष्य गुरुङ प्रतियोगिताकै सर्वाधिक स्कोरकर्ता बने।

भर्खरै

Advertisement

Dish_Home

Advertisement

nepalipatro
Nepal Cricket Jersey