वेस्ट इन्डिज ए विरुद्ध नेपाललाई चौथो सफलता
- नेप्लेज
- |
- २०८१-०१-१५
- |
- 236 पटक हेरिएको
नेपालले वेस्ट इन्डिज ए विरुद्ध चौथो सफलता हासिल गरेको छ ।
नेपालका बलर अविनाश बोहोराले वेस्ट इन्डिज ए का किची कार्टिलाई आउट गरेका हुन् । उनी ३८ रन बनाएर आउट भएका छन् ।
यस अघि वेस्ट इन्डिज ए का एलिक अथानाज ४७ रन बनाएर आउट भएका थिए भने जोन्सन चर्लेज शुन्यमा र आन्द्रे फ्लेचर १३ रन बनाएर आउट भएका थिए ।
वेस्ट इन्डिज ए ले १५ ओभरमा ४ विकेट गुमाएर १४८ रन बनाएको छ ।