दोस्रो मन्डिखाटार जुनियर ओपन टेनिस : यू-१४ र १६ को उपाधि शिभालीलाई

Kelmi

  • नेप्लेज
  • |
  • २०८१-०१-२६
  • |
  • 715 पटक हेरिएको

दोस्रो मन्डिखाटार जुनियर खुला टेनिस प्रतियोगिता अन्तर्गत यू-९ महिलातर्फको उपाधि रजिशा जोशीले जितेकी छिन् ।

मन्डिखाटार टेनिसकोर्टमा आज भएको फाइनलमा रजिशाले नाइरा घलेलाई पराजित गर्दै उपाधि जितेकी हुन् । उनले ४-२, २-४ र ४-१ को स्कोरमा पछि पार्दै उपाधि जित्न सफल भइन् ।

त्यसैगरी यू-९ पुरुषतर्फको उपाधि भिरल अग्रवालले जितेका छन् । उनले आहान केडियालाई २-४, ४-० र ४-० को स्कोरमा पराजित गर्दै उपाधि जित्न सफल भए ।

यू-१० पुरुषतर्फ अर्यास पौडेलले निश्चल ज्ञवालीलाई पाखा लगाए । प्रतिस्पर्धात्मक खेलमा ६-४, ४-६ र १०-६ को स्कोरमा पराजित गर्दै उपाधि जित्न सफल भए ।

यू-१० महिलातर्फको फाइनलमा सारा पन्तले बाजी मारिन् । उनले नाइरा घलेलाई ६-१ र ६-० को स्कोरमा पछि पार्दै उपाधि जितेकी हुन् ।

यसैगरी महिला यु १४ तर्फको उपाधि शिभाली गुरुङले जितिन् । उनले स्वस्तिका विष्टलाई ६-३ र ६-२ को स्कोरमा पछि पार्दै उपाधि जितेकी हुन् ।

त्यसैगरी यु १६ पुरुषतर्फ आयुष्मान घलेले दरशील श्रेष्ठलाई पराजित गर्दै उपाधि जिते । आयुष्मानले ७-५ र ६-१ को स्कोरमा बाजी मारे ।

त्यस्तै यू-१६ महिलातर्फको उपाधि शिभाली गुरुङले जितिन् । उनले स्वस्तिका विष्टलाई नै पराजित गरिन् । यी दुई खेलाडी यु १४ को उपाधि भिडन्त पनि गरेका थिए ।

त्यसमा पनि शिभालीले नै वाजी मारेकी थिइन् । शिभालीले ६-२ र ६-३ को स्कोरमा पछि पारिन् ।  

शिभाली गुरुङ

प्रतियोगिता अन्तर्गत  पुरुष ओपन डबल्सको फाइनल भने विहीबार हुने छ ।

फाइनलमा अशभ हाडा र बृजेश तथा सास्वत ब्रजाचार्य र दरशील श्रेष्ठले प्रतिस्पर्धा गर्ने छन् ।

आजै फाइनल खेल हुनु पर्नेमा मौसम खराब भएका कारण पुरा हुन नपाएको हो । 

आजका विजेताहरुलाई माछापुच्छ्रे बैंक गण्डकी प्रदेशकी म्यानेजर निलम गौतम पौडेलले पनि पुरस्कार वितरण गरेकी थिइन् ।

प्रतियोगिताको कुल पुरस्कार राशि २ लाख ८ हजार रहेको मन्डिखाटार टेनिस क्लबका अध्यक्ष नवराज कुँवरले जानकारी दिए ।

भर्खरै

Advertisement

nepalipatro
Nepal Cricket Jersey