'विना प्रमाण व्यक्तिगत आरोप लगाउन छुट कसैलाई छैन'

Kelmi

  • नेप्लेज
  • |
  • २०८१-०१-२६
  • |
  • 807 पटक हेरिएको

नेपाल क्रिकेट सङ्घ क्यानका सचिव पारस खड्काले पछिल्लो समय सन्दीप लामिछानेको विषयलाई जोडेर लगाइएको आरोप प्रति आफ्नो गम्भीर ध्यानाकर्षण भएको जनाएका छन् ।

नेपालले खेल्न लागेको टी २० विश्वकप क्रिकेटका लागि नेपाली टिम घोषणा भएपछि सचिव खड्कालाई सन्दीपको प्रकरणमा जोडेर लगातार विभिन्न व्यक्तिहरूबाट सामाजिक सञ्जालमा स्टाटसहरु लेखिएपछि उनले आफ्नो ध्यानाकर्षण भएको जनाएका हुन् । पारसले सामाजिक सञ्जालमा आफ्नो चरित्र हत्या नगर्न आग्रह गर्दै विना प्रमाण व्यक्तिगत आरोप लगाउन छुट पनि नभएको उल्लेख गरेका छन् । 

उनले सामाजिक सञ्जालमा लेखेको स्ट्याटस जस्ताको तस्तै :

पछिल्लो केही समय यता सामाजिक सञ्जालमा मेरो नाम जोडेर चरित्र हत्या गर्ने हेतुले विभिन्न व्यक्ति तथा संस्थाबाट अपुष्ट र आधारहीन तरिकाले म माथि भइरहेको व्यक्तिगत आरोपप्रति मेरो गम्भीर ध्यानाकर्षण भएको छ। 

नेपालको कानुनले कसैलाई पनि विना प्रमाण चरित्र हत्या गर्ने वा तर्क नराखी व्यक्तिगत आरोप लगाउने छुट दिएको छैन। नेपालको कानुनले सबैलाई कानुनी उपचारको बाटो खुल्ला राखेको छ। 

नेपाली क्रिकेटसँग सम्बन्धित विभिन्न पक्षहरू र विशेषतः सन्दीप लामिछानेसँग जोडिएको पछिल्लो मुद्दामा सम्मानित जिल्ला अदालतबाट पहिलो तहको फैसला भएको र उच्च अदालतबाट अन्य कुरा प्रस्ट हुँदै जाने नै छ।

यो सबैका बिच समेत तर्कहीन तरिकाले मेरो नाम जोडेर चरित्र हत्या गर्ने हेतुले म माथि भइरहेको नियोजित षड्यन्त्रलाई ढिलो चाँडो कानुनी दायरामा ल्याउने समेत जानकारी गराउन चाहन्छु । 

अन्त्यमा नेपाली क्रिकेटप्रतिको मेरो निस्स्वार्थ भावना र यसको विकास, विस्तार प्रतिको मेरो अठोटमा कदापि पनि परिवर्तन नआउने समेत सम्पूर्णका बिच सङ्कल्प गर्दछु।

भर्खरै

Advertisement

nepalipatro
Nepal Cricket Jersey