आइपिएलमा आज पञ्जाव र रोयल बेंग्लुरुबीच खेल हुँदै

Kelmi

  • एजेन्सी
  • |
  • २०८१-०१-२७
  • |
  • 713 पटक हेरिएको

इन्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत आज एक खेल हुँदै छ । आज पञ्जाव किंग्स र रोयल च्यालेन्जर्स बेंग्लुरुबीच खेल हुँदै छ । धर्मशालामा हुने यो खेल नेपाली समय अनुसार राति ७: ४५ बजेदेखि सुरु हुँदै छ ।

जारी आइपिएलमा पञ्जाव किंग्सले ११ खेलमा केवल ४ खेल मात्र जितेर ८ अङ्कसहित आठौँ स्थानमा छ । पञ्जावले यस सिजनमा अहिलेसम्म ७ खेलमा हार बेहोरेको छ ।

त्यस्तै रोयल च्यालेन्जर्स बेंग्लुरुले पनि ११ खेलमा ४ खेल जितेको छ र ७ खेलमा हार बेहोरेको छ ।

पञ्जाव किंग्सको कप्तानी शिखर धवनले गरिरहेपनि इन्जुरीका कारण टिम बाहिर रहेका छन् र उनको अनुपस्थितिमा पछिल्ला खेलहरूमा साम कुरानले पन्जाबको कप्तानी गरिरहेका छन्  ।

पञ्जावका भारतका जितेश शर्मा, प्रभसिमरन सिंह, अर्श दीप सिंह, हर्षल पटेल, शशाङ्क सिंह, आशुतोष शर्मा जस्ता खेलाडीको भूमिका महत्त्वपूर्ण देखिएको छ भने जोनी बैरस्ट्रव, कागीसो रावडा, लियम लिभिङस्टोन, साम कुरान जस्ता खेलाडीको भूमिका महत्त्वपूर्ण हुने देखिन्छ ।

आइपिएलमा पञ्जाव किंग्स २०१४ मा उपविजेता बनेको थियो । यो नै उसको अहिलेसम्मको उत्कृष्ट प्रदर्शन हो । गत सिजनमा पञ्जाव आठौँ भएको थियो ।

त्यस्तै फाफ डु प्लेसिसको कप्तानीमा रहेको बेंग्लुरुका लागि विराट कोहलीसहित मोहमद सिराज, अनुज रावत, दिनेश कार्तिक जस्ता भारतीय खेलाडी महत्त्वपूर्ण हुने छन् भने कप्तान फाफसहित क्यामरुन ग्रिन, अल्जारी जोसेफजस्ता विदेशी खेलाडी यस सिजनमा महत्त्वपूर्ण खेलाडी हुने छन् ।  त्यस्तै रोयल च्यालेन्जर्स बेंग्लुरुले अहिलेसम्म आइपिएलको उपाधि जित्न सकेको छैन । गत सिजनमा बेंग्लुरु छैटौँ स्थानमा रहेको थियो ।

भर्खरै

Advertisement

nepalipatro
Nepal Cricket Jersey