रियल मड्रिड च्याम्पियन्स लिगको फाइनलमा 

Kelmi

  • एजेन्सी
  • |
  • २०८१-०१-२७
  • |
  • 765 पटक हेरिएको

स्पेनिस क्लब रियल मड्रिड युरोपेली च्याम्पियन्स लिगको फाइनलमा प्रवेश गरेको छ । विहीबार विहान सकिएको खेलमा रियलले जर्मन क्लब बार्यन म्युनिखलाई दोस्रो लेगमा २-१ को अन्तरले पछि पार्दै समग्रमा ४-३ का नतिजाका साथ फाइनलमा स्थान बनाएको हो । पहिलो लेग २-२ गोलको बराबरीमा सकिएको थियो ।

दोस्रो लेगमा बार्यनले एक गोलको अग्रता लिए पनि अन्तिम समयमा लय गुमाउँदा रियललाई २-१ को नतिजा सुम्पिन पुग्यो । एक गोलले पछि परेको रियलका लागि ८१ औं मिनेटमा मैदान प्रवेश गरेका जोसेलुले २ गोल गर्दै रियललाई च्याम्पियन्स लिगको फाइनलमा प्रवेश गराए ।  

पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलमा बार्यनले ६८ औं मिनेटमा अग्रता बनाएको थियो । ह्यारी केनको पासमा अल्फान्सो डेविसले बार्यनलाई अग्रता दिलाएका हुन् । समग्रमा बार्यन त्यतिबेला ३-२ अघि बढेको थियो । रियलका लागि नाचोले ७१ औं मिनेटमा गोल गरेपनि त्यसले मान्यता पाएन ।  

८८ औं मिनेटमा रियलका लागि जोसेलुले बराबी गोल गरे । दोस्रो हाफको अतिरिक्त पहिलो मिनेटमा जोसेलुले गोल गर्दै रियललाई अघि बढाए । एन्टनियो रुडीगरको पासमा उनले गोल गरेका थिए । उनको गोललाई भारले चेक गरेपछि मान्यता दिइएको थियो ।  सोही गोलका कारण अन्ततः रियल ४-३ को नतिजाका साथ फाइनलमा प्रवेश गर्न सफल भयो । फाइनलमा रियलले जर्मन क्लब बोरुसिया डर्टमुण्डसँग खेल्ने छ । फाइनल खेल जुन २ तारिखमा हुने छ ।

भर्खरै

Advertisement

nepalipatro
Nepal Cricket Jersey