रियल मड्रिड च्याम्पियन्स लिगको फाइनलमा

Kelmi

  • नेप्लेज
  • |
  • २०८१-०१-२७
  • |
  • 519 पटक हेरिएको

काठमाडौँ । स्पेनिस महारथी रियल मड्रिड युईएफए च्याम्पियन्स लिगको फाइनलमा प्रवेश गरेको छ।

बुधबार राति सम्पन्न सेमिफाइनलको दोस्रो लेगमा जर्मन क्लब बार्यन म्युनिखलमाथि २-१ को पुनरागमन र समग्रमा ४–३ को जित हासिल गर्दै  रियल फाइनलमा पुगेको हो।

प्रतिस्पर्धात्मक बनेको खेलमा पहिलो हाफ गोलरहित बराबरीमा सकिएको थियो। 

खेलको ६८औँ मिनेटमा ह्यारी केनको पासमा अल्फोन्सो डेभिसले गोल गरेपछि बायर्नले शुरुआती अग्रता बनाएको थियो। तर, ८१ औँ मिनेटमा वैकल्पिक खेलाडीको रूपमा मैदान प्रवेश गरेका जोसेलु नायक बनेपछि बायर्न स्तब्ध भयो।

८८औँ मिनेटमा बायर्नका गोलकिपर म्यानुअल नुयरको गल्तीको फाइदा उठाउँदै जोसेलुले खेल बराबरी गरे। उक्त गोलको दुई मिनेटपछि उनले एन्टोनियो रुडिगरको पासमा गोल गर्दै रियलको जित पक्का गरे।

रियलले २ जुनमा हुने फाइनल खेलमा अर्को जर्मन क्लब बोरुसिया डर्टमण्डको सामना गर्नेछ।

 

 

 

रियल फाइनलमा पुगेको हो।

भर्खरै

Advertisement

nepalipatro
Nepal Cricket Jersey