आमन्त्रित अन्तर्राष्ट्रिय भलिबल यु-१९ खेल्न नेपाली टोली बङ्गलादेश प्रस्थान
- नेप्लेज
- |
- २०८१-०१-१२
- |
- 345 पटक हेरिएको
काठमाडौं । बङ्गलादेशको राजधानी ढाकामा हुने भलिबल प्रतियोगितामा सहभागी हुन जाने नेपाली खेलाडी तथा प्रशिक्षक टोलीको बिदाइ भएको छ । ढाकामा हुन गइरहेको आमन्त्रित अन्तर्राष्ट्रिय भलिबल यु–१९ प्रतियोगितामा सहभागी हुने टोली त्यसतर्फ प्रस्थान गरेको हो ।
समूहमा खेलाडी तर्फ सुरेश मल्ल, यज्ञराज जोशी, अबिशेक थापा, पुष्कल थापा, दिपेन थापा, पहल गहतराज, राजकुमार रोकाया, सुनिल बोहरा, इज्जत दनै, शशि पुलामी मगर र भुवन तामाङ रहेका छन् ।
त्यसैगरि टिम व्यवस्थापनमा उत्सव खड्का प्रशिक्षक, जनक बहादुर खड्का सहायक प्रशिक्षक र दीपक थापा म्यानेजर रहेका छन् ।
नेपालभरबाट छनोट भएकाले खेलाडीहरूलाई कुनै पनि सरकारी निकायको सहयोग विना नै आर्थिक व्यवस्थापन गरेर बङ्गलादेश पठाइएको जिल्ला खेलकुद विकाश समिति भक्तपुरका निर्वतमान अध्यक्ष दीपक थापाले बताए ।