चेल्सीको शानदार जित

Kelmi

  • नेप्लेज
  • |
  • २०८१-०१-२४
  • |
  • 327 पटक हेरिएको

काठमाडौँ। लण्डन क्लब चेल्सीले इङ्लिस प्रिमियर लिगमा सहज जित हासिल गरेको छ। 

स्ट्यामफोर्ड ब्रिजमा आइतबार साँझ सम्पन्न खेलमा चेल्सीले पाहुना टोली वेस्ट ह्यामलाई ५-० गोल अन्तरले पराजित गरेको हो।

जितसँगै चेल्सी सातौँ स्थानमा उक्लिएको छ। चेल्सीको ३५ खेलबाट ५४ अंक पुगेको छ। चेल्सी र पाँचौँ स्थानमा रहेको टोटनह्यामबीच ६ अंकको दूरीमात्रै रहेको छ। ३६ खेल खेलेको वेस्ट ह्याम ४९ अंकसहित नवौँ स्थानमा छ।

खेलको १५औँ कोल पाल्मरले गोल गर्दै चेल्सीलाई शरूआती अग्रता दिलाए। उनले ज्याक्सनको पासमा गोल गरे।

३०औँ मिनेटमा कोनोर गालाघरले अग्रता दोब्बर बनाए। ३६औँ मिनेटमा कप्तान थोयागो सिल्भाको पासमा नोनी मडुकेले गोल गर्दा चेल्सीले खेलमा ३-० को अग्रता बनाएको थियो।

४८ र ८०औँ मिनेटमा ज्याक्सनले गोल गरे। उनले नोनी र मोइसेज काइसेडोको पासमा गोल गरेका थिए।

भर्खरै

Advertisement

nepalipatro
Nepal Cricket Jersey