लखनउमाथि कोलकाता ९८ रनले विजयी
- नेप्लेज
- |
- २०८१-०१-२४
- |
- 343 पटक हेरिएको
इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत कोलकाता नाइट राइडर्सले लखनउ सुपर जाइन्टलाई पराजित गरेको छ ।
गएराती सम्पन्न खेलमा कोलकाताले लखनउलाई ९८ रनले पराजित गरेको हो ।
कोलकाता ले दिएको २३६ रनको लक्ष्य पछाएको लखनउ १६.१ ओभरमा अल आउट हुदै १३७ रन मात्र बनाएको थियो ।
यसअघि कोलकाताले २० ओभरमा ६ विकेट गुमाउदै २३५ रन बनाएको थियो ।
यो जितपछि कोलकाता शीर्ष स्थानमा उक्लिएको छ । कोलकाता को ११ खेलमा १६ अंक भएको छ । त्यस्तै लखनउको भने यो पाँचौं हार हो । ११ खेलमा १२ अंक रहेको लखनउ अंक तालिकामा पाँचौं स्थानमा रहेको छ ।