लिग च्याम्पियन लेभरकुसेनको अपराजित यात्रा जारी

Kelmi

  • नेप्लेज
  • |
  • २०८१-०१-२४
  • |
  • 303 पटक हेरिएको

काठमाडौँ । जारी सिजनको जर्मन बुन्डेस लिगको उपाधि उचालिसकेको बायर लेभरकुसेनले आफ्नो अपराजित यात्रा कायमै गरेको छ।

ड्यूश बैंक पार्क आइतबार राति सम्पन्न खेलमा लेभरकुसेनले घरेलु टोलीलाई ५-१ गोल अन्तरले पराजित गरेको हो।

जितसँगै लेभरकुसेनले आफ्नो अपराजित यात्रा ३२ मा पुर्‍याएको छ। लिगमा २ खेल बाँकी रहँदा ८४ अंक जोडेको छ। पराजित फ्रैंकफुर्ट समान खेलबाट ४५ अंक जोड्दै छैटौँ स्थानमा छ।

खेलको १२औँ मिनेटमा ग्रेनाइट जाकले गोल गर्दै लेभरकुसेनलाई शुरूआती अग्रता दिलाए। ३२औँ मिनेटमा ह्युगो एकिटिकेले गोल गर्दै घरेलु टोलीलाई खेलमा फर्काए।

४४औँ मिनेमा प्याट्रिक शिकले गोल गर्दै लेभरकुसेनलाई पुनस् अग्रता दिलाए। ५९औँ मिनेटमा एक्जेक्विएल पलासियसले गोल गर्दै लेभरकुसेनको अग्रता ३-१ मा पुर्‍याए। उनले पेनाल्टीमार्फत गोल गरेका हुन्।

७७औँ मिनेटमा जेरेमी फ्रिमपोङले  गोल गरे। ८९औँ मिनेटमा भिक्टर बोनिफेसले पेनाल्टीमै गोल गर्दै लेभरकुसेनलाई ५-१ को शानदार जित दिलाए।

भर्खरै

Advertisement

nepalipatro
Nepal Cricket Jersey