लिभरपुलसँग टोटनह्याम पराजित

Kelmi

  • नेप्लेज
  • |
  • २०८१-०१-२४
  • |
  • 198 पटक हेरिएको

काठमाडौँ । इङ्लिस प्रिमियर लिगमा लिभरपुलले टोटनह्यामलाई पराजित गरेको छ। 

लिभरपुलको घरेलु मैदान एनफिल्डमा आइतबार राति सम्पन्न खेलमा पाहुना टोली टोटनह्यामलाई ४-२ गोल अन्तरले पराजित गरेको हो।

जितसँगै तेस्रो स्थानमा रहेको लिभरपुलको ३६ खेलबाट ७८ अंक पुगेको छ।

पाँचौँ स्थानमा रहेको टोटनह्यामले भने च्याम्पियन्स लिग खेल्ने मौका कमजोर बनाएको छ। टोटनह्यामको ३५ खेलबाट ६० अंक रहेको छ। एक खेल बढी खेलेको वेस्टह्याम ६७ अंकसहित चौथो स्थानमा छ।

खेलको १६औँ मिनेटमा मोहम्मद सलाहले गोल गर्दै लिभरपुललाई शुरूआती अग्रता दिलाएका थिए। उनले कोडी स्टीलको पासमा गोल गरे।

४५औँ मिनेटमा एन्डी रोबर्टसनले लिभरपुलको अग्रता दोब्बर बनाए। ५०औँ मिनेटमा कोडीले हार्वे इलियटको पासमा गोल गर्दा लिभरपुलले ३-० को आरामदायी अग्रता बनाइसकेको थियो।

५९औँ मिनेटमा हार्वेले सलाहको पासमा अर्को एकगोल थपे। ७२औँ मिनेटमा रिचार्लिसनले ब्रेनन जोनसनको पासमा गोल गर्दै टोटनह्यामलाई ४-१ को स्थितिमा ल्याए।

त्यसको ५ मिनेटपछि नै रिचार्लिसनको पासमा सन ह्याङ मिनले गोल गरेपनि लिभरपुल ४-२ ले विजयी भयो।

भर्खरै

Advertisement

nepalipatro
Nepal Cricket Jersey