युभेन्टस कोपा इटालियाको फाइनलमा

Kelmi

  • नेप्लेज
  • |
  • २०८१-०१-१२
  • |
  • 404 पटक हेरिएको

लाजियोमाथि ३–२ को जित निकाल्दै युभेन्टस कोपा इटालियाको फाइनलमा पुगेको छ ।

सेमिफाइनलको दोस्रो लेगमा गएराती लाजियोले २–१ को जित निकालेपनि समग्रमा युभेन्टस ३–२ ले विजयी भयो । पहिलो लेगमा युभेन्टसले २–० को जित निकालेको थियो ।

लाजियोको मैदानमा भएको दोस्रो लेगमा कास्टेलानोसले दुई गोल गरेका थिए । उनले खेलको १२औं र ४८औं मिनेटमा गोल गर्दा खेल समग्रमा २–२ गोलको बराबरीमा पुग्यो । 

खेलको ८३औं मिनेटमा अर्काडियुज मिलिकले गरेको गोलले युभेन्टसलाई फाइनलको यात्रा तय गरायो ।

भर्खरै

Advertisement

Nepal Rastra Bank

Advertisement

nepalipatro
Nepal Cricket Jersey