बराबरीमा रोकियो मिलान
- नेप्लेज
- |
- २०८१-०१-२४
- |
- 274 पटक हेरिएको
काठमाडौँ । इटालियन सिरी 'ए' फुटबलमा एसी मिलन जेनोआसँग बराबरीमा रोकिएको छ।
सान सिरोमा आइतबार सम्पन्न खेलमा मिलान ३-३ गोलको बराबरीमा रोकिएको हो।
यो बराबरीसँगै जारी सिजन ३५ खेलबाट ७१ अंक जोडेको मिलना दोस्रो स्थानमा रहेको छ। समान खेलबाट ४३ अंक बनाएको जेनोआ १२औँ स्थानमा रहेको छ।
खेलको तेस्रो मिनेटमै माटेओ रेटेगुईको गोलमा पाहुना टोली जेनोआले शुरुआती अग्रता बनाएको थियो। अलेसेन्ड्रो फ्लोरेन्जीले ४५औँ मिनेटमा गोल गरेपछि घरेलु टोली मिलान १-१ को बराबरी अबस्थामा फर्कियो। ४८औँ मिनेटमा कालेब इकुबानले गोल गरेपछि पुन जेनोआले खेलमा २-१ को अग्रता बनायो।
म्याटओ गब्बीले ७२औँ र ओलिभर गिरोडले गोल गरेपछि मिलानले खेलमा ३-२ को अग्रता बनायो। तर, अन्तिम तीन मिनेट समहालिन नसक्दा पुन मिलानले खेलमा गोल व्यहोर्न पुगेको थियो।