नेपाली फुटबल टोलीले इङ्ल्यान्ड ‘सी’ सँग मैत्रीपूर्ण खेल खेल्दै

Kelmi

  • नेप्लेज
  • |
  • २०८१-०१-२४
  • |
  • 547 पटक हेरिएको

काठमाडौँ। नेपाली राष्ट्रिय फुटबल टोलीले सोमबार इङ्ल्यान्ड ‘सी’ सँग मैत्रीपूर्ण खेल खेल्दै छ।

अल्डरसट टाउन एफसीले आफ्नै स्टेडियम इबीबीमा दुई टोलीबीच मैत्रीपूर्ण फुटबल गराउन लागेको हो।

खेल नेपाली समयअनुसार ८:४५ बजे शुरू हुनेछ। नेपालले यसअघि शनिबार ब्रिटिश आर्मीसँग मैत्रीपूर्ण खेल खेलेको थियो। उक्त खेल गोलरहित बराबरीमा सकिएको थियो।

मिडिफल्डर फत्तेमान घलेलाई पहिलो पटक समेट्दै मुख्य प्रशिक्षक अल्बर्टो भिन्सिन्जो एनिसले इङ्ल्यान्ड ‘सी’ सँग  मैत्रीपूर्ण खेल खेल्ने टोली घोषणा गरिसकेका छन्। 

टोलीको कप्तानी गोलरक्षक किरणकुमार लिम्बुले गर्नेछन्। टोलीमा किरणसँगै अभिषेक बराल र विशाल सुनार ब्याकअप गोलरक्षकमा रहेका छन्।

छिरिङ लामा, सनिश श्रेष्ठ, अभिषेक लिम्बु, विशाल बस्नेत, विमल पाण्डे, सौभाग्य राई, योगेश गुरुङ र रोहित चन्दले रक्षकको भूमिका सम्हाल्ने छन्।

यस्तै, फत्तेमानसहित मणिकुमार लामा, भरत खवास, उत्सव राई, मनिष डाँगी र लाकेन लिम्बु मिडफिल्डमा रहेका छन्।

फरवार्डमा दिनेश हेन्जन, अञ्जन विष्ट, जिलेस्पीजंग कार्की, हिसुब थपलिया, समीर तामाङ र सञ्जीव विष्टले निरन्तरता पाएका छन्।

भर्खरै

Advertisement

nepalipatro
Nepal Cricket Jersey