एसीसी प्रिमियर कपको फाइनलमा ओमान र युएई भिड्ने
- एजेन्सी
- |
- २०८१-०१-०७
- |
- 609 पटक हेरिएको
एसीसी प्रिमियर कपको फाइनलमा आयोजक ओमान र युएई खेल्ने भएका छन् ।
शुक्रबार सम्पन्न दोस्रो सेमिफाइनलमा ओमानले हङकङलाई ५ विकेटले पराजित गर्दै फाइनलमा पुगेको हो ।
हङकङले दिएको १३१ रनको लक्ष्य पछाएको ओमानले १९.२ ओभरमा ५ विकेट गुमाउदै लक्ष्य पुरा गरेको थियो ।
यस अघि हङकङले पहिला ब्याटिंग गर्दै २० ओभरमा ९ विकेट गुमाएर १३० रन बनाएको थियो ।
यस अघि पहिलो सेमिफाइनलमा युएईले नेपाललाई ६ विकेटले पराजित गरेको थियो ।
फाइनल खेल आइतबार नेपाली समय अनुसार ४: १५ बजेदेखि शुरु हुने छ ।
फाइनलको विजेताले २०२५ मा हुने टी-२० एशिया कप खेल्न पाउने छ ।