रोनाल्डोको दुई गोलमा अल नासर किंग्स कपको फाइनलमा
- नेप्लेज
- |
- २०८१-०१-२०
- |
- 758 पटक हेरिएको
काठामडौँ । किस्ट्रियानो रोनाल्डोको दुई गोलप्रेरित अल नासर किंग्स कपको फाइनलमा पुगेको छ।
अल अवल स्टेडियममा बुधबार राति सम्पन्न दोस्रो सेमिफाइनलमा अल खलिजलाई ३-१ गोल अन्तरले पराजित गर्दै नासर उपाधिनजिक पुगेको हो।
नासरले उपाधिका लागि अल हिलालसँग खेल्ने छ। किङ्स अब्दुल्लाह स्पोर्ट्स सिटीमा मंगलबार राति सम्पन्न सेमिफाइनलम अल इतिहादलाई २-१ गोल अन्तरले पराजित गर्दै हिलाल उपाधिनजिक पुगिसकेको छ।
खेलको १७औँ मिनेटमा रोनाल्डोले नासरलाई शुरूआती अग्रता दिलाएका थिए। ३७औँ मिनेटमा साडियो मानेले गोल गर्दै अग्रता दोब्बर बनाए। ५६औँ मिनेटमा रोनाल्डोले व्यक्तिगत दोस्रो र टोलीका लागि तेस्रो गोल गरे।
८२औँ मिनेटमा फवाज अल-तोराइसले गोल गरे। तर, खलिजका लागि सान्त्वना रह्यो।