बोरुसिया डर्टमुन्डले पीएसजीलाई हरायो

Kelmi

  • नेप्लेज
  • |
  • २०८१-०१-२०
  • |
  • 667 पटक हेरिएको

युइएफए च्याम्पियन्स लिग अन्तर्गत सेमिफाइनलको पहिलो लेगमा जर्मन क्लब बोरुसिया डर्टमुन्डले अग्रता लिएको छ । बुधबार राति भएको खेलमा फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेइनलाई १-० ले पराजित गरेको हो ।

डर्टमुन्डले पीएसजीमाथि जित निकाल्दा ३६ औं मिनेटमा गरेको गोल नै निर्णायक बन्न पुग्यो । उसका लागि निकलास फुलक्रुगले गोल गरेका थिए ।

निको श्लोटरबेकको पासमा गरेको गोलले अग्रता लिएको डर्टमुन्डले सोही अग्रता अन्तिमसम्म जोगाउँदै पहिलो लेगमा सफलता हात पारेको हो । दोस्रो लेग अर्को साता पीएसजीको मैदानमा हुने छ । 

भर्खरै

Advertisement

nepalipatro
Nepal Cricket Jersey