सामाजिकविरुद्ध झम्सिखेलको जित 

Kelmi

  • नेप्लेज
  • |
  • २०८१-०१-२०
  • |
  • 608 पटक हेरिएको

काठमाडौं । झम्सिखेल युथ क्लबले सहिद स्मारक ‘सी’ डिभिजन लिगमा सामाजिक युथ क्लबलाई पराजित गरेको छ।

सातदोबाटोस्थित एन्फा मुख्यालयमा बिहीबार भएको खेलमा झम्सिखेलले १-० को जित निकालेको हो।

खेलको १६औं मिनेटमा युनिश राईबाट आत्मघाती गोल हुन पुग्दा झम्सिखेलले अग्रता लिएको थियो। त्यही गोल खेलमा निर्णायक बन्यो।

यो जितसँगै ६ खेलमा सात अंक जोडेको झम्सिखेल नवौं स्थानमा उक्लिएको छ। पराजित सामाजिक समान खेलबाट पाँच अंकका साथ ११औं स्थानमा झरेको छ। 

भर्खरै

Advertisement

nepalipatro
Nepal Cricket Jersey