सिन्धुपाल्चोक जिल्ला लिग : राइजिङ युवा क्लब रेलिगेशनमा

Kelmi

  • नेप्लेज
  • |
  • २०८१-०१-२०
  • |
  • 741 पटक हेरिएको

लामोसाँघु । श्री राइजिङ युवा क्लब सिन्धुपाल्चोक जिल्ला लिगमा रेलिगेशनमा परेको छ। 

लामोसाँघुस्थित वसन्तपुर खेल मैदानमा बिहिबार सम्पन्न दोस्रो प्लेअफमा श्री कालिका त्रिशक्ति युवा क्लबसँग १-० गोल अन्तरले पराजित हुँदै राइजिङ रेलिगेशनमा परेको हो। 

कालिकाको जितमा रवीन बोहराले निर्णायक गोल गरेका थिए। पहिलो हाफ गोलरहित बराबरीमा सकिएको थियो। तर, ६४औँ मिनेटमा रवीनले गोल गरे। 

त्यसपछि बाँकी समय थप गोल हुन नसक्दा कालिका १-० गोल अन्तरले विजयी भयो। यसअघि लामोसाँघु फुटलब क्लब रेलिगेशनमा परिसकेको छ। बुधबार सम्पन्न पहिलो प्लेअफमा न्यू जेनेरेसनसँग १-० गोल अन्तरले पराजित हुँदै लामोसाँघु रेलिगेशनमा परेको हो। अब लिगमा फर्किन दुवै टोलीले छनोट चरण पार गर्नुपर्ने भएको छ।

भर्खरै

Advertisement

nepalipatro
Nepal Cricket Jersey