नागेल्सम्यान २०२६ को विश्वकपसम्म जर्मनीको प्रशिक्षक रहने

Kelmi

  • एजेन्सी
  • |
  • २०८१-०१-०७
  • |
  • 446 पटक हेरिएको

जुलियन नागेल्सम्यानले २०२६ को फुटबल विश्वकपसम्म जर्मनीको राष्ट्रिय टिमको प्रशिक्षक रहने भएका छन् । नागेल्सम्यानले जर्मन फुटबल फेडेरेसनसँग २०२६ को विश्वकपसम्म राष्ट्रिय टिमको प्रशिक्षक रहिरहने गरी नयाँ सम्झौता गरेका हुन् ।

३६ बर्षिय नागेल्सम्यान गत सेप्टेम्बरदेखि जर्मनीको राष्ट्रिय टिमको प्रशिक्षक रहेका छन् । उनले २०२६ को विश्वकपसम्म राष्ट्रिय टिमको प्रशिक्षक रहने सम्झौता गरेपछि यो ठुलो सम्मानको विषय भएको र सबै मिलेर देशलाई प्रेरित गर्न सकिने बताएका छन् ।

आइस हकी खेलाडी रहेका नागेल्सम्यान फुटबल बाहिरबाट आएका युवा र कुटिल प्रशिक्षक मानिन्छन् । उनी यसअघि जर्मनी क्लब बायर्न म्युनिख, आरबी लिप जंग र होफेनहेईमको प्रशिक्षक बनिसकेका छन् ।

उनको नेतृत्वमा जर्मनीले अहिलेसम्म ६ खेल खेलेको छ, जसमा ३ जित, २ हार र एक बराबरी खेलेको छ । जर्मनीले अब आगामी जुनमा युरोकपको आयोजना गर्दै छ, उसलाई युरोकपको प्रमुख दाबेदार मानिएको छ ।

 

भर्खरै

Advertisement

Nepal Rastra Bank

Advertisement

nepalipatro
Nepal Cricket Jersey