कर्णालीको सानदार जित

Kelmi

  • नेप्लेज
  • |
  • २०८१-०१-०७
  • |
  • 337 पटक हेरिएको

काठमाडौँ । वीर गणेशमान सिंह राष्ट्रिय टी-२० च्याम्पियनशिप अन्तर्गत चौथो दिनको दोस्रो खेलमा कर्णाली प्रदेशले सानदार जित दर्ता गरेको छ। 

प्रतियोगितामा पहिलो जित हात पार्ने क्रममा कर्णाली प्रदेशले सुदुर पश्चिम प्रदेशलाई ४ विकेटको अन्तरले पराजित गर्यो। सुदुरपश्चिम प्रदेश भने आफ्नो पहिलो खेलमा पराजित हुन पुगेको हो। 
 
टस जितेर पहिले ब्याटिंग गर्ने निर्णय लिएको सुदुरपश्चिम प्रदेशले निर्धारित २० ओभरमा ५ विकेट गुमाएर १४३ रन बनाएको थियो। 

सुदुरपश्चिमका लागि अविशेक पालले सर्वाधिक ५१ रनको योगदान गरे। यस्तै नरेन भट्टले ४७ तथा किरण ठगुन्नाले २२ रन बनाए।

कर्णाली प्रदेशको बलिङ्ग तर्फ दिनेश अधिकारीले सर्वाधिक २ विकेट लिए। यस्तै उनिश ठकुरी, दिपेन्द्र रावत र प्रकाश जैसीले समान १/१ विकेट हात पारे। 

जवाफमा १४४ रनको लक्ष्य कर्णाली प्रदेशले खेल सकिन ८ बल बाँकी रहंदा ६ विकेट गुमाएर पुरा गर्यो।  

कर्णालीलाई जित दिलाउने क्रममा अर्जुन घर्तीले सर्वाधिक ३७ रन बनाए। यस्तै तल्लोक्रममा ब्याटिंग गर्दै दिनेश अधिकारीले १९ बलमा अविजित ३१ रन प्रहार गरे।
 
खेलको प्लेयर अफ दि म्याच कर्णाली प्रदेशका दिनेश अधिकारी चुनिए। प्रतियोगिता अन्तर्गत शनिवार हुने पहिलो खेलमा सुदुरपश्चिम र गण्डकी तथा दोस्रो खेलमा कोशी प्रदेश र लुम्बिनी प्रदेश भिड्दै छन्।

भर्खरै

Advertisement

Nepal Rastra Bank

Advertisement

nepalipatro
Nepal Cricket Jersey