मनोहराले गोलबजारलाई हरायो
- नेप्लेज
- |
- २०८१-०१-०७
- |
- 349 पटक हेरिएको
काठमाडौँ । शहीद स्मारक ‘सी’ डिभिजन लिग फुटबलमा मनोहरा युनाइटेड यूथ क्लबले जित हासिल गरेको छ।
एन्फा मुख्यालय सातदोबाटोमा शुक्रबार सम्पन्न खेलमा मनोहराले गोलबजार स्पोर्टस क्लबलाई २-१ ले पराजित गरेको हो।
मनोहराको जितमा आविष्कार खड्का र उत्तम शाहीले १/१ गोल गरे। यता, गोलबजारको लागि विश्वास राईले गरेको गोल सान्त्वना बन्यो।
खेलको १८औँ मिनेटमा आविष्कारको पेनाल्टी गोलबाट शुरूआती अग्रता बनाएको मनोहराको लागि ५०औँ मिनेटमा उत्तमले गोल गर्दै खेलमा २-० को अग्रता दिलाए।
तर, खेलको ६०औँ मिनेटमा गोलबजारको लागि विश्वासले गोल गर्दै खेल २-१ को अवस्थामा ल्याए।
त्यसपछि बाँकी समय थप गोल नहुँदा मनोहरा विजयी भयो।
जितसँगै ३ खेलबाट ६ अंकसहित दोस्रो जित हासिल गरेको छ। समान खेलबाट २ पराजय बेहोरेको गोलबजार १ अंकसहित पुछारमा रहेको छ।