चर्च ब्वाईज इटहरी गोल्ड कपको फाइनलमा, उपाधिका लागि आर्मीसँग भिड्ने

Kelmi

  • नेप्लेज
  • |
  • २०८०-१२-१५
  • |
  • 418 पटक हेरिएको

सुनसरीमा जारी १४ औँ संस्करणको अन्तर्राष्ट्रिय आमन्त्रण कन्ट्रोल इटहरी गोल्ड कपको उपाधिको लागि चर्च ब्वाइज युनाइटेड र विभागीय टिम त्रिभुवन आर्मी क्लबबिच प्रतिस्पर्धा हुने भएको छ । इटहरी रङ्गशालामा बिहीबार सम्पन्न अन्तिम सेमिफाइनलमा आयोजक राष्ट्रिय जागृति क्लबलाई १–० गोल अन्तरले पराजित गर्दै झापा गोल्ड कप च्याम्पियन चर्च ब्वाइजले आर्मीसँगको उपाधि भिडन्त पक्का गरेको हो । 

चर्च ब्वाइजका लागि समीर तामाङले खेलको अन्तिम समयमा गरेको गोल नै निर्णायक बन्यो । उनले खेलको ८९ औँ मिनेटमा निर्णायक गोल गरेका थिए । उनी खेलको म्यान अफ द म्याच समेत घोषित हुँदै नगद १० हजार हात पारे ।

गत संस्करणको उपबिजेता चर्च ब्वाइजले अब उपाधिका लागि शनिवार फाइनलमा आर्मीसँग प्रतिस्पर्धा गर्नेछ । आर्मी साबिक विजेता सगरमाथा क्लब मोरङमाथि पेनाल्टी सुट आउटमा २–१ गोलको जीत हात पार्दै उपाधि नजिक पुगिसकेको छ । फाइनल खेलको विजेताले नगद १० लाख रुपैयाँ हात पार्नेछ । उपबिजेताले ५ लाख रुपैयाँमा चित्त बुझाउनु पर्नेछ । 

भर्खरै

Advertisement

Nepal Rastra Bank

Advertisement

nepalipatro
Nepal Cricket Jersey