बाँसगढी प्रिमियर लिग : ककौरा र पशुपतिको जित
- नेप्लेज
- |
- २०८१-०१-१६
- |
- 1057 पटक हेरिएको
अतिथि बाँसगढी प्रिमियर लिग क्रिकेटमा आइतबार २ वटा खेल सम्पन्न भएका छन् । बाँसगढी क्रिकेट क्लबको आयोजनामा जारी प्रतियोगितामा आज भएको पहिलो खेलमा ककौरा सुपर किंग्स २४ रनले विजयी भयो । ककौराले बाँसगढी राइनोजलाई पराजित गरेको हो ।
टस हारेर ब्याटिङ गरेको ककौरा सुपर किङ्सले निर्धारित ओभरको १ बल काँकी हुँदा सवै विकेट गुमाएर १०० रन बनाएको थियो ।
जवाफी ब्याटिङमा उत्रिएको बाँसगढी राइनोजले १५.५ ओभरमा सबै विकेट गुमाउँदा मात्र ७६ रन जोडेपछि ककौरा २४ रनले बिजयी भयो ।
उक्त खेलमा ककौरा सुपर किङ्सका सौजन सुबेदी धौलागिरी म्यान अफ दि म्याच घोषित भए । उनले किङ्सको जितका लागि बलिउड तर्फ ३ ओभरमा १८ रन खर्चिएर २ विकेट तथा व्याटिङमा ११ रन जोड्न सफल भएका थिए ।
त्यसैगरी आज भएको दोश्रो खेलमा पशुपति वारियर्स ५ रनले विजयी भयो । टस हारेर ब्याटिङ गरेको पशुपति वारियर्सले २० पुरा ब्याटिङ गर्दै ५ विकेटको क्षतिमा १२० रन बनाएको थियो । जवाफी ब्याटिङमा उत्रिएको बाँसगढी रोयल टाईगर्सले १९.१ औभरमा सबै विकेट गुमाउँदै ११५ रन जोडे पछि ५ रनले पराजित भयो ।
पशुपतिको जितमा सैगात पोखरेलले बलिङतर्फ ४ ओभरमा ३ विकेट र ब्याटिङ तर्फ ३० रन प्रहार गर्दै धौलागिरी म्यान अफ दि म्याच अवार्ड हात पारेका छन् ।