बाँसगढी प्रिमियर लिग : ककौरा र पशुपतिको जित 

Kelmi

  • नेप्लेज
  • |
  • २०८१-०१-१६
  • |
  • 1055 पटक हेरिएको

अतिथि बाँसगढी प्रिमियर लिग क्रिकेटमा आइतबार २ वटा खेल सम्पन्न भएका छन् । बाँसगढी क्रिकेट क्लबको आयोजनामा जारी प्रतियोगितामा आज भएको पहिलो खेलमा ककौरा सुपर किंग्स २४ रनले विजयी भयो ।  ककौराले बाँसगढी राइनोजलाई पराजित गरेको हो । 

टस हारेर ब्याटिङ गरेको ककौरा सुपर किङ्सले निर्धारित ओभरको १ बल काँकी हुँदा सवै विकेट गुमाएर १०० रन बनाएको थियो ।

जवाफी ब्याटिङमा उत्रिएको बाँसगढी राइनोजले १५.५ ओभरमा सबै विकेट गुमाउँदा मात्र ७६ रन जोडेपछि ककौरा २४ रनले बिजयी भयो ।

उक्त खेलमा ककौरा सुपर किङ्सका सौजन सुबेदी धौलागिरी म्यान अफ दि म्याच घोषित भए । उनले किङ्सको जितका लागि बलिउड तर्फ ३ ओभरमा १८ रन खर्चिएर २ विकेट तथा व्याटिङमा ११ रन जोड्न सफल भएका थिए । 

त्यसैगरी आज भएको दोश्रो खेलमा पशुपति वारियर्स ५ रनले  विजयी भयो ।  टस हारेर ब्याटिङ गरेको पशुपति वारियर्सले २० पुरा ब्याटिङ गर्दै ५ विकेटको क्षतिमा १२० रन बनाएको थियो । जवाफी ब्याटिङमा उत्रिएको बाँसगढी रोयल टाईगर्सले १९.१ औभरमा सबै विकेट गुमाउँदै ११५ रन जोडे पछि ५ रनले पराजित भयो ।

पशुपतिको जितमा सैगात पोखरेलले बलिङतर्फ ४ ओभरमा ३ विकेट र ब्याटिङ तर्फ ३० रन प्रहार गर्दै धौलागिरी म्यान अफ दि म्याच अवार्ड हात पारेका छन् । 

भर्खरै

Advertisement

Nepal Rastra Bank

Advertisement

nepalipatro
Nepal Cricket Jersey